ताजा खबर

गहुँको उत्पादन बढाउन सही समय र उपयुक्त जात छनोट गर्न नार्कको आग्रह

2 days ago

13 views

गहुँको उत्पादन बढाउन सही समय र उपयुक्त जात छनोट गर्न नार्कको आग्रह

काठमाडौं । गहुँ विश्वको एक प्रमुख खाद्य अन्न बाली हो । यो विश्वका प्राय सबै देशमा खेती गरिन्छ । गहुँबाट पिठो उत्पादन गरी रोटी, ढिँडोलगायत विभिन्न परिकार बनाएर खाँने गरिन्छ । गहुँको नल वा छ्वाली पशुको प्रमुख आहारको रुपमा प्रयोग हुन्छ । यसको उत्पादन वृद्धि गर्नका लागि कृषि मन्त्रालयले व्यापक जोड दिइरहेको छ ।

गहुँ तराईमा उच्चतम उत्पादन प्राप्त गर्न मंसिरको पहिलो हप्ता देखि मंसिर तेश्रो हप्तासम्म छरी सक्नुपर्दछ । तराईमा बिजय, गौतम, आदित्य, नेपाल २९७, भृकुटी जातहरुले तातो हावा सहन सक्ने खालका जातहरु छर्नु पर्दछ । पहाडमा राम्रो उत्पादन प्राप्त गर्नको लागि कार्तिक चौथो हप्ता देखि मंसिर दोस्रो हप्तासम्म छरी सक्नुपर्दछ । पहाडका लागि डाँफे, धौलागिरी, गौरा र डब्लु। के। १२०४ उपयुक्त जातहरु मानिन्छ । हामीले राम्रो उत्पादन लिनको लागि तराई पहाड कुन क्षेत्र हो बुझि समय र मलखादको राम्रो व्यवस्था गर्नु पर्ने हुन्छ ।

१. गहुँको बीउ छर्ने उपयुक्त समय कहिले हो ?

-तराईः उच्चतम उत्पादन प्राप्त गर्ने मंसिरको पहिलो हप्ता देखि मंसिर तेश्रो हप्तासम्म छरी सक्नुपर्दछ ।

२. तराईको लागि उपयुक्त गहुँका जातहरु कुन कुन हुन् ?

-तिलोत्तमा, बिजय, आदित्य, गौतम, भृकुटी, नेपाल ९७१, नेपाल २९७ जस्ता जातहरु तराई क्षेत्रका लागि उपयुक्त हुन् ।

 

३. तराईको लागि तातो हावा सहन सक्ने गहुँका जातहरु के के हुन् ?

-बिजय, गौतम, आदित्य, नेपाल २९७, भृकुटी जातहरुले तातो हावा सहन सक्ने खालका जातहरु छन् ।

४. तराईको लागि सुख्खा सहन सक्ने गहुँका जातहरु कुन कुन हुन् ?

-भृकुटी, नेपाल ९७१ जातहरुले सुख्खा सहन सक्दछन् ।

५. पहाडको लागि उपयुक्त गहुँका जातहरु कुन कुन हुन् ?

-डाँफे, धौलागिरी, गौरा र डब्लु. के. १२०४ पहाडी हावापानीका लागि उपयुक्त जातहरु हुन् ।

६. गहुँको बीउ दर कति हो ?

-के.जी. प्रति कठ्ठा वा ६ के.जी. प्रति रोपनी वीउ आवश्यक पर्दछ ।

पहाडः उच्चतम उत्पादन प्राप्त गर्ने कार्तिक चौथो हप्ता देखि मंसिर दोस्रो हप्तासम्म छरी सक्नुपर्दछ ।

७. मलखाद कति प्रयोग गर्ने

पहाडको लागि (के.जी. प्रति रोपनी)

अवस्था: डि.ए.पी.: यूरिया: पोटास: गोबर मल:

सिंचित:  ४       ७     १.५     ५००

असिंचित: ३       ५     १.५     ५००

तराईको लागि (के.जी. प्रति कट्ठा)

अवस्था: डि.ए.पी.: यूरिया: पोटास:  गोबर मल

सिंचित:  ३       ५     १       ३५०

असिंचित: ३      ३.५    १       ३५०

८. गहुँ बालीमा सिंचाई कहिले कहिले गर्नु पर्दछ ?

-गहुँ छरेको २०-२५ दिनमा (शिखर जरा निस्कने बेला), बाला निस्कने समय र दाना भरिने समयमा सिंचाई गर्नुपर्दछ । जानकारीको लागि गहुँको फूल खेलेको बेलामा सिंचाई नगर्नु राम्रो हुन्छ ।

९. गहुँको श्रोत बीउ कहाँबाट प्राप्त गर्न सकिन्छ ?

-राष्ट्रिय बीउ बिजन कम्पनी, नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गतका कार्यक्रम, स्थानिय स्तरमा रहेका एग्रोभेट, बीउ उत्पादक समूहरसहकारी, निजी कम्पनी र जानकारीको लागि जिल्ला कृषि विकास कार्यलयमा सम्पर्क गरी गहुँको श्रोत बीउ प्राप्त गर्न सकिन्छ ।

१०. गहुँमा साँघुरोपात मात्र भएको झारपात नियन्त्रण नियन्त्रण गर्न के गर्नुपर्ला ?

-तराईको हकमाः ३५ ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) १५ लिटर पानीमा  मिसाइ एक कठ्ठा क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

-पहाडको हकमाः ५० ग्राम आइसोप्रोटुरान (०.७५ सक्रिय बिष) २५ लिटर पानीमा मिसाइ १ रोपनी क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

११. गहुँमा चौडापात ९जस्तैः बथुवा० मात्र भएको झारपात नियन्त्रण नियन्त्रण गर्न के गर्नुपर्ला ?

-तराइको हकमाः ३५ ग्राम २,४-डी (०.८ सक्रिय बिष) १५ लिटर पानीमा मिसाई १ कठ्ठा क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

-पहाडको हकमाः ५० ग्राम २,४˗डी (०.८ सक्रिय बिष) २५ लिटर पानीमा मिसाई १ रोपनी क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

 १२. गहुँमा साघुरो र चौडापात झारपात नियन्त्रण गर्न के गर्नुपर्ला ?

-तराइको हकमाः १५ ग्राम २,४ डी (८० डब्लु.पी) र ३५ ग्राम आइसोप्रोटुरान (७५ डब्ल.पी) १५ लिटर पानीमा मिसाई १ कठ्ठा क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

-पहाडको हकमाः २५ ग्राम २,४˗डी (८० डब्लु.पी) र ५० ग्राम आइसोप्रोटुरान (७५ डब्लु.पी) २५ लिटर पानीमा मिसाई १ रोपनी क्षेत्रफलमा गहुँ छरेको ३० देखि ३५ दिनमा छर्ने ।

 १३. गहुँमा कालो पोके रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

-भाइटाभेक्स २००, २ ग्राम प्रति के.जी. ले बीउ छर्नु अगावै वीउको उपचार गरेमा कालो पोके रोगको प्रकोप ब्यवस्थापन गर्न सकिन्छ ।

 १४. गहुँमा कालो सिन्दुरे रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

-अवरोधी जातहरु लगाउने जस्तै तराईको लागि बिजय, तिलोत्तमा र पहाडको लागि डाँफे र उच्च पहाडको लागि धौलागिरी

 १५. पहेंलो र खैरो सिन्दुरे रोगको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

अवरोधक जात लगाउनेः   

-तराईको लागिः   विजय,  तिलोत्तमा र पहाडको लागि डाँफे।

-पहाडको लागिः धौलागिरी।

-रसायनिक तरीकाः

-दुबै सिन्दुरे रोगको लागि प्रोपिकोनाजोल २५ ई.सी. ०.१ प्रतिशत झोल प्रयोग गर्ने ।

१६. गुलावी गबारो कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

-गवारो लाग्ने क्षेत्रमा बीउ दर १० देखि १५ प्रतिशत सम्म बढाउने।साथै ट्रायजोफस २ एम.एल. प्रति लिटर पानीमा मिसाइ छर्कनुपर्छ ।

 १७. लाही कीराको ब्यवस्थापन गर्न के गर्नु पर्ला ?

-इमिडाक्लोप्रीड (कन्फीडोर २०० एम.एल.) ४०० मिलि लिटर, ५०० लिटर पानीमा मिसाई १ हेक्टर वा ३० कठ्ठा जमिनमा छर्कनुपर्छ । दानालाई मुखले टोक्दा कुटुक्क आवाज आयो भने गहुँ काट्न थाल्ने ।

 १८. गहुँलाइ काट्ने उपयुक्त समय कसरी थाहा पाउने ?

-गहुँको बाला मुनिको डाँठ पहेंलो भएपछि गहुँ पाकेको मानिन्छ । बाला हातमा माड्दा दाना राम्ररी छुट्यो भने गहुँ काट्न थाले हुन्छ । गहुँको दानालाइ टोक्दा कुटुक्क भएपछि काट्न थाल्ने ।

 १९. गहुँलाइ थन्क्याउने उपयुक्त तरिका के हो ?

काटी सकेपछि राम्ररी सफा गर्ने र १–२ घाम सुकाई गहुँ सेलाएपछि भण्डारण गर्नुपर्दछ ।

२०. भण्डारण गर्दा कीराबाट बचाउने उपाय के हो ?

-एलमुनियम फास्फाइडको (सेल्फस) एउटा चक्की करिब १० क्विन्टल बरावरको गहुँमा हावा नछिर्ने भाडोमा राख्नु पर्दछ । बीउ राखेको दुइ महिनामा घाम लागेको दिनमा एक चोटी हेर्नुपर्दछ र पुन एक चक्की सेल्फस राख्ने ।

 २१. गहुँको बीउ उत्पादन गर्दा दुइ फरक जात बीचको फरक कति हुनुपर्छ ?

-एक जात देखि अर्को जातसंग कम्तिमा ३ मिटरको पृथकता दूरी आबश्यक पर्दछ । गहुँको सन्दर्भमा कालो पोके रोग लाग्ने खेतभन्दा १५० मीटर फरकमा बीउ बाली लगाउनु पर्दछ ।

 २२. बीउ उत्पादनमा रोगिङ्ग भनेको के हो ?

-बीउ बालीमा आउने अनावश्यक अरु बोटहरुलाई हटाई नष्ट गर्ने प्रकृयालाई रोगिङ्ग भनिन्छ ।

२३. रोगिङ्ग किन गर्ने ?

-बीउमा शुद्धता कायम गर्न रोगिङ्ग गर्नुपर्दछ ।

२४. रोगिङ्ग कति बेला गर्ने ?

-रोगिङ्ग प्रकृया जुन सुकै बेलामा पनि गर्न सकिन्छ तर गुणस्तर युक्त बीउ उत्पादन गर्न अरु जातसंग समिश्रण हुन नदिन फूल फुल्नु अगाडी, फूल फुलेको बेला र बाली काट्ने बेलामा रोगिङ्ग गर्नु अति आबश्यक छ ।

स्रोत: नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?