ताजा खबर

नेपालमा च्याउ खेती प्रविधि : उत्पादन विधि, प्रक्रिया र गुणस्तरीय उत्पादनमा अपनाउनु पर्ने कुराहरु के–के छन् ?

1 year ago

33 views

परिचयः
च्याउ एक प्रकारको ढुसी हो र यो सेतो धागो जस्तो आकारवाट विकसित हुदै पछि गएर च्याउको आकार लिन्छ जसलाई ढुसीको पुर्ण रुप पनि भनिन्छ । यो प्राकृतिक अवस्थामा आफै पनि हुर्किरहेको हुन्छ भने यसको कृतिम तरीकाले पनि खेती गर्न सकिन्छ । 

अन्य वाली विरुवा उत्पादनमा वीउकोे आवश्यकता परे जस्तै च्याउ उत्पादनका लागि पनि वीजनको आवश्यकता पर्दछ । च्याउको वीजनलाई अंग्रेजीमा स्पन् -spawn_भनिन्छ । 

च्याउको वीजनअर्थात स्पन् भन्नाले पोषिलो माध्यम -substrate_ मा ढुसीको रेसा -mycelium_ को वृद्घि र विकास गरि तयार गरिएको प्रसारण माध्यम हो । सामान्य भाषामा च्याउको स्पन् उच्च वनस्पतिको अलैङ्गिक वीजन संग समतुल्य हुन्छ । 

च्याउको सफल उत्पादन यसको वीजनको शुद्घतामा निर्भर रहने हुँदा कमसल वीजनवाट यसको सफल खेति हुन सक्दैन । विभिन्न भागमा गुणस्तरीय स्पनको उपलब्धता च्याउ उत्पादनको प्रक्रियामा प्रमुख समस्याको रुपमा रहेको छ ।  यसर्थ गुणस्तरीय वीजन उत्पादमा उचित ध्यान दिनआवश्यक छ ।

यसर्थ स्पन् (च्याउको वीजन) उत्पादन भन्नाले जीवाणु रहित अवस्थामा चाहिएको च्याउको माईसिलियमलाई निर्मलीकृत उपयुक्त सव्स्ट्रेटमा वृद्घि र विकास गराउनु हो । कम्पोष्ट वा गोवरमा भन्दा अन्नको दानामा च्याउको वीजन वनाउदा सहजै प्रयोग गर्न, मिसाउन सकिनुका साथै ढुसी राम्रो संग फैलिने हुदा हाल यसलाई अन्नको दानामा उत्पादन गर्ने गरिन्छ ।

स्पन् उत्पादनका लागि निर्मलीकरण गरिएको प्रयोगशाला र दक्ष जनशक्ति चाहिने भएकाले योप््राकृया त्यति सजिलो नभईकन एउटा जटिल र संवेदनशिल प्रकृया हो । पुर्णरुपमा अन्य जीवाणुरहित स्थितिमा उत्पादन गरिनुपर्ने हुदा यसको वीजन अन्य वाली विरुवाका बीउ भन्दा सम्वेदनशील हुन्छ । 

च्याउको सफल उत्पादन यसको वीजनको शुद्घतामा निर्भर रहने हुँदा कमसल वीजनवाट यसको सफल खेति हुन सक्दैन । विभिन्न भागमा गुणस्तरीय स्पनको उपलब्धता च्याउ उत्पादनको प्रक्रियामा प्रमुख समस्याको रुपमा रहेको छ ।  यसर्थ गुणस्तरीय वीजन उत्पादमा उचित ध्यान दिनआवश्यक छ ।

च्याउको वीजन वनाउने प्रयोगशालाका लागि आवश्यक सामाग्रीहरुः
एउटा स्पन् युनिट अर्थात च्याउको वीजन वनाउने प्रयोगशाला भित्र विभिन्न कोठाहरुको आश्यकता पर्दछ जस्तैः कार्य कोठा -Working room_, निर्मलीकरण कोठा -Autoclave room_, निवेशन कोठा (-Inoculation room_, ओथारो राख्ने कोठा -Incubation room_, कार्यालय कोठा -Office room_आदि । च्याउको वीजन वनाउने प्रयोगशालाकाको लागि आधारभूतरुपमा निम्नानुसारका सामाग्री, रसायन एवं उपकरणहरुको आवश्यकता पर्दछ ।
–    जीवाणु शुन्यीकरणका लागि अटोक्लेभ
–    जीवाणुविहिन वातावरणका लागि लेमिनार एयरफ्लो क्याविनेट वा इनोकुलेशन च्याम्बर
–    ओथारो वस्नका लागि र अंकुरणका लागि ओथारो वस्ने कोठा वा ईन्कुवेटर
–    लामो समय सम्म भण्डारण गर्नका लागि रेफ्रिजेरेटर
–    मिडिया वनाउन र राख्नका लागि ग्लासवेयर (टेस्ट ट्युव, पेट्रिडिस, पिपेट, व्युरेट, विकर)
–    टेस्ट ट्युव राख्न स्ट्याण्ड
–    पि.एच.मापन गर्न पि.एच. मिटर
–    तौल लिन ईलेक्ट्रिक व्यालेन्स
–    तापक्रम मापन गर्न थर्मोमिटर
–    ढुसी चारैतिर फैलाउनका लागि सेकर
–    चिस्यान मापन गर्न मोइस्चर एनालाइजर
–    मिडिया कम्पोनेन्टहरु (अगर, माल्ट एक्स्ट्रयाक्ट, यिस्ट एक्सट्रयाक्ट आदि)
–    अन्य रसायन (जिप्सम, चक, स्प्रीट)
–    सव्स्ट्र«ेटका सामाग्री (गह‘को वीजन, काठको धुलो)
–     शुद्घ कल्चर वा ताजा फु्रटवडी
–     स्पन कन्टेनर (वोतल वा प्लास्टिकको झोला)
–    पकाउने भाडो (डेक्ची), दाविलो
–    एल्मुनियम फोईल, निडल, स्कालपेल व्लेड, स्पीट्र ल्याम्प आदि ।

वीजन उत्पादन प्रकृया
यसको प्रसारण लैङ्गिक (वीउ) र वानस्पतिक (टिसुकल्चर) दुवै तरिकावाट हुन्छ । यसको छत्री मुनि रहेका वीजपत्र भित्र एक प्रकारको धुलो हुन्छ जुन च्याउको लैङ्गिक वीउ हो । 

च्याउको वीजपत्र भित्र रहेको धुलो spore नै यसको खास वीउ (लैङ्गिक) भएता पनि सामान्यतया च्याउ वीजन उत्पादन यसवाट नगरी माईसिलियम(वानस्पतिक) विधिवाट गर्ने गरिन्छ । च्याउको लैङ्गिक वीजन संकलन गर्न राम्ररी फक्रेको च्याउलाई सफा कागज माथी राखेर १–२ दिन हावा नचल्ने शान्त ठाउँमा राखेर वा विकरले छोेपर राखीयसको मुनी झरेको धुलो च्याउको वीउ संकलन गरी विभिन्न पोषिला माध्यम -Media_ मा सारेर पछि गँहुको दानामा फैलाई वनाईन्छ । गुणस्तरीय च्याउ वीजन उत्पादन निम्नानुसारको तिन तहमा -steps_ गरीन्छः
१. शुद्घ संवर्धन -Pure culture_ र यसको सम्भार -Maintenance_
मिडिया तयारीः

–    च्याउको जातअनुसार रेसालाई सम्वर्धन गरी राख्नको लागि विभिन्न कल्चर मिडिया जस्तै पटेटो डेक्स्ट्रोज अगर -Potato Dextrose Agar), माल्ट एक्स्ट्रयाक्ट अगर Malt extract Agar), राइस ब्रान ब्रोथ (Rice bran broth), कम्पोष्ट एक्स्ट्रयाक्ट अगर -Compostextract Agar_ ह्वीट एक्स्ट्रयाक्ट अगर -Wheat extract Agar) आदिकोप्रयोग गर्न सकिने भएतापनि सामान्यतया पटेटो डेक्स्ट्रोज अगर -Potato Dextrose Agar) को प्रयोग गरिन्छ । 
–    एम्ब् पाउडरको प्रयोग गर्दा ३९ ग्राम पाउडर प्रति लि. पानीमा मिसाएर वनाउनु पर्दछ । 

कल्चर तयारीः 
–    ताजा र स्वस्थ (२४–४८ घण्टा भित्र) च्याउको कुनैपनि भाग प्रयोग गर्न सकिने भएतापनि खासगरी छाताको तल्लो भाग जहाँ डाँठसंग वीजपत्र जोडिएको हुन्छ उक्त भाग सवैभन्दा वढि उपयुक्त हुन्छ ।
–    च्याउलाई पानीले राम्रो संग धोई टाँसीएको धुलामैला हटाउन ५० % ईथानोलमा सफा गर्ने ।
–    सङ्क्रमणवाट सुरक्षित राख्नको लागि नमुनालाई १ प््रातिशत सोडियम हाईपोक्लोराईड झोलमा ३०—६० सेकेन्डको लागि डुवाई लगत्तै डिस्टील्ड पानीले पखाली निर्मलीकरण गरीएको व्लटर पेपरमा राखेर चिस्यान खोस्न दिनुपर्दछ ।
–    निर्मलिकृत स्क्यालपेल व्लेडले लम्वाईवाट दुई भागमा काटी निर्मलिकृत सुईरोले आन्तरिक तन्तुको एउटा टुक्रा झिकेर तुरुन्त कल्चर मिडिएममा राख्नु पर्दछ । यी सम्पुर्ण कार्य लेमिनार पm्लोमा गर्नु पर्दछ ।
–    ईनोकुलेटेड अगर स्लान्ट÷ पेट्रिप्लेटलाई २५ + १ डि.से. तापक्रममा अध्यारोमा ईन्क्युवेट गर्नु पर्दछ । 
–    चार पाँच दिन भित्र तन्तु र कल्चर मिडिएम पुरै माईसेलिएमले ढाकिन्छ । माईसेलिएमको रंग सेतो र तन्तुवाट विकास भएको हुनुपर्दछ अन्यथा संक्रमण भएको हुन सक्छ । 
–    तयार गरिएकोे टेस्ट ट्युव कल्चरलाई स्पन् ईनोकुलमको रुपमा प्रयोग गर्नु अगाडि धेरै वटा अगर स्लान्टमा वा पेट्रिप्लेटमा स्थानान्तरण गरेर हुर्काउनु पर्दछ । तयार गरिएको टेस्ट ट्युव कल्चरलाई स्पन् ईनोकुलमको रुपमा प्रयोग गर्नु अगाडि धेरै वटा अगर स्लान्टमा वा पेट्रिप्लेटमा स्थानान्तरण गरेर हुर्काउनु पर्दछ । 
२. मातृ/माउ वीजन उत्पादन -Mother spawn_
मातृ कल्चरशुद्घ कल्चरलाई पेट्रीप्लेटमा हुर्काएर निम्नानुसारको प्रकृया अपनाई तयार गर्न सकिन्छः
–    च्याउको जात अनुसार फरक फरक माध्यममा यसको वीजन वनाउने गरिन्छ जस्तैः कन्ये र गोव्रे च्याउको वीजन अन्नको (गहुँको प्रयोग सहज, सर्भसुलभ र असल हुने) दानामा मिसाएर वनाईन्छ भने मृगे र डाडु च्याउको वीजन काठको धुलोमा मिसाएर वनाईन्छ ।
–    गहुँको वीउमा च्याउको वीजन वनाउदा सवैभन्दा पहिले गहुँलाई राम्रो संग केलाई, पखालेर भिजाउने र माथी उत्रेको दानालाई सावधानी पुर्वक हटाई राम्रो संग पखालेर करीव १५ लि. पानीमा १५ के.जी. सव्स्ट्रेट राखी आधा मात्र (१०–१५ मिनेट) पाक्ने गरी उसिन्नु पर्दछ ।
–    सव्स्ट्रेटको पानी तर्काएर चिसो हुन दिनु पर्दछ र गहुँको दाना नरम तर नफुटेको हुनु पर्दछ अन्यथा धेरै नरम र टासिने हुन्छ ।
–    चकको धुलो÷चुना (क्यालसियम कार्वोनेट) ६ ग्राम÷के.जी वीजन र जिप्सम (क्यालसियम सल्फेट) १२ ग्राम÷के.जी वीजनका दरले एकनास संग मिसाई राम्रो संग चलाउनु पर्दछ ।
–    दानालाई खुकुलो तरिकाले ताप प्रतिरोधि र उपयुक्त ढक्कन भएका वोतल वा प्लास्टिक (६–९ ईन्च) झोलामा २ं०० ग्रामका दरले अर्थात दुई तिहाई भरेर कटन प्लगले वन्द गर्नु पर्दछ । धेरै ठुलो स्पन कन्टेनरको प्रयोग गर्दा विसंक्रमण प्रकृयामा समस्या हुन सक्ने हुदा उपयुक्त आकारको कन्टेनरको प्रयोग गर्नु पर्दछ ।
–    उक्त वोतल वा प्लास्टिक झोलालाई अटोक्लेभ भित्र १२१ डि.से. तापक्रम, १५ पाउन्ड प्रेसरमा करीव १५–३० मिनेट सम्म विसंक्रमित गर्नु पर्दछ ।
–    अटोक्लेभको प्रेसर शुन्यमा झरेपछि थैला÷वोत्तल वाहिर झिकेर सव्सट्रेटलाई चिसो हुन दिनु पर्दछ ।
–    चिसो भएपछि थैला वा वोतललाई लेमीनार फ्लोमा लगि राम्रो च्याउको रेसा भएको पेट्रिप्लेटवाट ३–४ वटा च्याउको रेसाको टुक्राहरुले निवेशन (ष्लयअगबितष्यल) गरी उक्त माईसिलियमलाई चारैतिर मिसाउनको लागि ३–४ पटक सम्म हल्लाउनु पर्दछ । 
–     यसरी निवेसन गरीसकेपछि सवै थैलाहरुलाई कपासको विर्को लगाई एल्मुनियम फोईलले विर्को ढाकी रवरले वाधी २५ + १ डि.से तापक्रममा १०–१५ दिनको लागि ईन्कुवेट गर्नु पर्दछ ।
–     दानालाई खुकुलो राख्न ३–४ दिनमा कन्टेनरलाई हल्लाईदिनु पर्दछ ।
–     संक्रमण देखा परेमा तुरुन्त पन्छाउनु पर्दछ र राम्रोलाई राखी मास्टर कल्चरको रुपमा तयार गरी आवश्यकता अनुसार वृद्घि गर्न सकिन्छ ।

३. छर्ने वीजन उत्पादन Planting spawn production)
–    व्यवसायीकवीजनको लागि पनि गहुँ माध्यम वनाउने तरिका माउ वीजन जस्तै गरिन्छ । यसका लागि गहँुको माध्यम वनाई सकेपछि माउ वीजनले ईनोकुलेसन गर्नु पर्दछ । 
–    माउवीउको थैला र छर्ने वीजनको थैलालाई मुख जोडेर विस्तारै माउ वीजनको थैलावाट २–३ चम्चा रेसा सहितको गहुँको वीउले निवेसन गर्नु पर्दछ । यसरी एउटा मातृस्पन वोतलवाट करीव २० वटा प्लान्टिङ्ग स्पन तयार गर्न सकिन्छ ।
–    यसरी निवेसन गरीसकेपछि थैलाहरुलाई कपासको विर्को लगाई एल्मुनियम फोईलले विर्को ढाकी रवरले वाधी वीउको जात, ईन्कुवेशन गरेको मिति, लेखेर ईन्कुवेशन (२५+१ डि.से.मा) गर्नु पर्दछ । 
–    यसरी निवेसन गरेको करिव १०–१५ दिनमा च्याउको रेसा सवै गहुँमा फैलिन जान्छ र च्याउ विक्रि गर्न योग्य हुन्छ ।

गुणस्तरीय स्पन् उत्पादनको लागि अपनाउनु पर्ने केहि साबधानीहरु
–    पटक पटकको सराई (८ पटक भन्दा वढि) बाट च्याउको कल्चरमा ह्रास आउन गई उत्पादकत्व घट्न जाने भएकाले सुरुमा नैे यथेष्ट मात्रामा सबकल्चरको उत्पादन गर्नु पर्दछ । 
–    नटुक्रिएको, रोगकिरा नलागेको, सफा अनाजको दाना छनौट गरी ठीक मात्रामा उमालेर चिस्यान ४५—६० प्रतिशत कायम गर्नुु पर्दछ ।
–    मुठ्ठिभर मिश्रण निचोरेर पनि चिस्यानको मात्रा थाहा पाउन सकिन्छ । यसरि निचोर्दा औँलाहरुको बिचबाट यदि पानी निस्केन र मुठ्ठी खोल्दा मिश्रणको डल्लोको आकार यथावत रहिरह्यो भने चिस्यानको मात्रा करिब ४५—६० प्रतिशत रहेको बुझ्नु पर्दछ ।
–    ठीक मात्रामा जिप्सन (१२ ग्रा÷केजी) र चकको धुलो (६ ग्रा÷केजी) मिसाउनु पर्दछ । 
–    वीजनका लागि प्रयोग गरिएको कच्चा पदार्थको पि.एच. (६.६) कायम भएको हुनु पर्दछ ।
–    स्पन् उत्पादनको लागि सधैं मदर कल्चरबाट स्पन् उत्पादन गर्ने कहिले पनि स्पन् बाट स्पन् उत्पादन गर्नु हुदैन टि—८ गुणस्तर भन्दा माथिको स्पन् प्रयोग नगर्ने ।
–    मातृ स्पन् उत्पादन प्रयोग गर्ने सबस्टे«टमा इनोकुलेशनको लागी स्वस्थ र प्रवल तरिकाले विकास भइरहेको माइसेलियल कल्चरको प्रयोग गर्नुपर्दछ ।
–    निवेशन (इनोकुलेशन) को कार्य सधैं जीवाणु रहित वातावरणमा सम्पादन गर्नुपर्दछ ।
–    सबस्ट्रेटमा पुर्णरुपले माइसेलियम विकासको लागि सबै इनोकुलेटेड कन्टेनरलाई अनुकुलतम स्थिति (२५ + १ डेग्री सेन्टिग्रेट) मा १५—२० दिनको लागि राख्ने ।
–    दानालाई खुकुलो राख्न कम्तीमा प्रत्येक ३—४ दिनमा कन्टेनरलाई हल्लाउने ।
–    ब्याक्टेरियल वा फन्गल कन्टामिनेशनको लागि राम्रो निरिक्षण गर्नुपर्दछ । कुनै किसिमको संक्रमण भेटेमा तुरुन्तै पन्छाई कन्टामिनेटड कन्टेनरलाई विसंक्रमण गर्नुपर्दछ ।
–    इनक्युबेशन अवधिभर काठको धुलोमा आधारित स्पन्लाई नचलाई राख्नुपर्दछ ।
–    पुरा फस्टाइसकेका स्पन्लाइ ३—५ डेग्री सेन्टिग्रेट तापक्रममा भण्डारण गर्ने तर एक महिमा भन्दा बढी भण्डारण नगर्ने । 
–    सङक्रमण रोक्नको लागि स्पन युनिट वा प्रयोगशाला कम्पोप्टिङ्ख युनिट भन्दा टाढा हुनुपर्दछ ।—

थप जानकारीको लागि
वशिष्ठ आचार्य
प्राविधिक अधिकृत (टी ६)
मो नंः ९८५७८२१९३९
कृषि अनुसन्धान निर्देशनालय, प्रदेश नं ५, खजुरा,बाँके

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?