ताजा खबर

भारतले प्रतिबन्ध गर्यो भन्दैमा रोइलो गर्ने कि नेपालमै उत्पादन गर्नेतिर लाग्ने प्याज ? प्याज खेती कसरी गर्ने ?

11 months ago

80 views

भारतले प्रतिबन्ध गर्यो भन्दैमा रोइलो गर्ने कि नेपालमै उत्पादन गर्नेतिर लाग्ने प्याज ? प्याज खेती कसरी गर्ने ?

प्रत्येक वर्ष झै यस वर्ष पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। तीन महिनाअघि डिसेम्बर अन्तिमसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारतले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो। भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्चसम्मका लागि प्याजको निर्यातमा रोक लगाएको बताएको छ ।

नेपाली बजारमा केहि समययता प्याजको अभाव छ । आलु र प्याजमा मूल्य अभिबृद्धि कर (भ्याट) को विवादले नेपाली होलसेल व्यवसायी आन्दोलनरत थिए । भ्याट हटाउने सरकारको निर्णयपछि आन्दोलन त फिर्ता भयो तर भारतले प्याज निर्यातमै रोक लगाएपछि फेरि प्याजको अभाव झेल्नुपर्ने भएको छ । 
नेपालमै प्याज खेती गर्न पनि सकिनेछ । यसकालागि विज्ञहरुले तयार पारेको प्राविधिक कन्टेन्ट हेर्नुहोला । 

प्याज प्रमुख मसालाजन्य तरकारी वाली हो । प्याजलाई औषधीको रुपमा पनि प्रयोग गरी यसबाट दम, बाथ निको हुनुका साथै पाचन प्रकृया पनि सहयोग गर्दछ । यसको खेती नेपालमा तराईदेखि पहाडसम्म गर्न सकिन्छ । यसमा स्टार्च, प्रोटिन, भिटामीन ‘बी’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । साधारणतया प्याजको तीन प्रकारले खेती गरिन्छः सोझै पातलो वीउ छरेर, वेर्ना उमारी उचित दूरीमा वेर्ना सारेर तथा पहिले प्याजका साना साना सेट तयार गरी उक्त सेटवाट प्याजको खेती गरेर । प्याजको सेटवाट गरिने खेती विशेषत वेमौसममा गरिन्छ ।

पछिल्लो समय प्याजको व्यवसायिक रुपमानै खेती गर्न थालिएको छ । प्याज खेती गर्दा यसलाई अपनाउनु पर्ने विधिहरु राम्ररी अपनाएको खण्डमा २०००–३००० के. जी. प्रति रोपनी उत्पादन हुन्छ । यसै कारण प्याज खेती गर्नु पहिले कृषि व्यवस्थापन सूचना प्रणलीले तयार पारेको विधीहरु पढौं ।

१. प्याज खेतीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ?

प्याज चिसो मौसम र हिँउदमा हुने वाली हो । विरुवाको विकासको लागि कम तापक्रम राम्रो हुन्छ भने गानोको विकास हुन तापक्रम केही वढी चाहिन्छ । यसको खेती फस्टाउन तापक्रम, प्रकाश तथा दिनको लम्वाइले विशेष भूमिका खेलेको हुन्छ ।

२. भौगोलिक क्षेत्रका आधारमा लगाइने प्याजका कुन–कुन जातहरु उपलब्ध छन् ?

नेपालमा प्रचलित प्याजका जातहरुमा रेड क्रियोल, पुसा रेड, नासिक रेड, नासिक ५३, एगृ फाउण्ड डार्क रेड हुन् । यी सवै जातहरु तराई र मध्यपहाडमा लगाउन सकिन्छ भने उच्च पहाडको लागि रेड क्रियोल एउटा मात्र जात सिफारीस गरिएको छ ।

३. नेपालमा व्यवसायिक रुपमा प्याजको वीउ कहाँ उत्पादन गरिन्छ रु यसको उपलब्धता कहाँ–कहाँ छ ?

नेपालमा प्याजको वीऊ व्यवसायिक रुपमा रुकुमको समशितोष्ण तरकारी वीउ उत्पादन केन्द्र तथा आसपासका गा. वि. स. हरुमा उत्पादन भइरहेको यस क्षेत्रमा विशेषता रेड क्रियोल जातको वीउ उत्पादन हुन्छ र सो वीउ काठमाडोँ तथा विभिन्न एग्रोभेटमा पाईन्छ ।

४. प्याजको लागि कस्तो माटो उपयुक्त हुन्छ ?

प्याजको खेती जुनसुकै मलिलो, पानीको राम्रो निकास भएको, हलुका दोमट माटोमा गर्न सकिन्छ । यसको राम्रो उत्पादन लिन ६.० देखि ६.८ पि.एच. मान भएको माटो उपयुक्त हुन्छ ।

५. प्याज खेतीका लागि कस्तो स्थान उपयुक्त हुन्छ ?

प्याज खेतीको लागि स्थल छनौट गर्दा पारिलो विहान देखिनै घाम लाग्ने जग्गा छनौट गर्नु पर्दछ।प्याजको वोट वृद्धि भन्दा गानो लाग्नलाई वढी तापक्रम जरुरत पर्दछ ।

६. यसको खेतीका लागि कति विउ दर प्रति रोपनि आवश्यक हुन्छ ?

प्याजखेती गर्दा करीव २ महिना अगाडि नै वीउ हुनुपर्दछ । एक रोपनी जमीनको लागि ५०० ग्राम वीउ भए पुग्दछ ।

७. प्याजका जातहरु कस्ता कस्ता रंगका पाईन्छन् ?

नेपालमा प्रचलित प्याज जातहरु राता, सेता र पहेँला रंगका छन् ।

८. प्याजको वेर्ना आफै उत्पादन गर्न कुन–कुन कुराहरु ध्यान दिनु पर्दछ ?

प्याजका वेर्ना आफै तयार गर्न १ मिटर चौडाई, ३ मिटर लम्वाई, १०–१५ से. मि. उचाई भएको व्याडमा ५–७ से. मि. को फरकमा कुलेसो वनाई वीउ खसाल्नु पर्दछ त्यसपछि छापो हाल्ने र वीउ उम्रेपछि सो छापो हटाउनु पर्दछ ।

९. प्याज खेती गर्दा जग्गाको तयारीमा कतिको ध्यान दिन आवश्यक हुन्छ ?

प्याज खेती गर्दा गानो वाली भएको कारणले अन्य तरकारी वालीमा भन्दा विशेष ध्यान दिनु पर्दछ । राम्रो सँग खन् जोत गरी २५–३० से. मि. सम्म माटो मिहिन पारी आवश्यक मात्रामा मलखाद राख्नुपर्दछ ।

१०. यसको खेती कति प्रकारले गर्न सकिन्छ रु कुन तरिकाले खेती गर्दा वढी उत्पादन लिन सकिन्छ ?

साधारणतया प्याजको तीन प्रकारले खेती गरिन्छः सोझै पातलो वीउ छरेर, वेर्ना उमारी उचित दूरीमा वेर्ना सारेर तथा पहिले प्याजका साना साना सेट तयार गरी उक्त सेटवाट प्याजको खेती गरेर । प्याजको सेटवाट गरिने खेती विशेषत वेमौसममा गरिन्छ ।

११. प्याजको उत्पादन प्रति रोपनि कति हुन्छ र गानो प्याज उत्पादन र हरियो सागको लागि लगाइएको कुन बाट वढी फाइदा लिन सकिन्छ ?

प्याज खेती गर्दा यसलाई अपनाउनु पर्ने विधिहरु राम्ररी अपनाएको खण्डमा २०००–३००० के.जी. प्रति रोपनी उत्पादन हुन्छ । खुद नाफाको हिसावले हेर्ने हो भने वेमौसममा सेट प्रयोग गरी लगाइएको हरियो साग उत्पादन वाट दोब्बर वढी फाइदा लिन सकिन्छ ।

१२. वेमौसमी प्याज खेती गर्न कुन तरीका अवलम्वन गर्नु पर्दछ ?

वेमौसमी प्याज खेती गर्न सेट उत्पादन गर्दा पनि प्याजको हिँउदे नर्सरी राखेजस्तै राख्ने हो तर वीउ भने निकै पातलो छर्नुपर्दछ तथा मलखादको मात्रा पनि वढाउनु पर्दछ । २–३ ग्रामको सेट रोप्ने हो भने ६०–७५ के.जी. प्याजको सेट प्रति रोपनी क्षेत्रफलको लागि आवश्यक हुन्छ ।

१३. प्याजको सेट (वीऊ प्याज) कसरी उत्पादन गरिन्छ ?

प्याजको वीउ छरी वेर्ना तयार गरिन्छ र तीनै वेर्नावाट आवश्यकता अनुसार गाना वा सेट तयार गरिन्छ । सेट तयार गर्न वेर्ना तयार गर्न भन्दा पातलो गरी वीउ छरिन्छ । सेटवाट विशेषत हरियो साग खानको लागि रोपिन्छ ।

१४. प्याज खेती गर्दा खाद्य तत्वहरुको के महत्व छ र कुन तत्वको वढी आवश्यकता पर्दछ ?

प्याज खेती गर्दा खाद्यतत्वको ज्यादै महत्वपूर्ण स्थान रहन्छ । जग्गा तयारीको वेलामा लगाएको मलखाद वाहेक विरुवा राम्ररी सरेपछि पहिलो पटक ३०–४० दिन भित्र मल्टिप्लेक्स वा २ एम एल एग्रोमिन प्रतिलिटर पानीमा मिसाई १५–१५ दिनको फरकमा ४ पटक छर्नु पर्दछ । प्याजमा विशेष गरी जिंक र कपरको कमी हुने हुनाले यी तत्वहरु आधा के. जी. जिंक तथा १ के. जी. कपर प्रति रोपनीका दरले हाल्न सिफारिस गरिन्छ ।

१५. जैविक विषादी भनेको के हो रु यसको प्रयोगबाट के के फाईदा हुन्छ ?

नीम, गहुँत, असुरो वा गन्ध आउने वस्तु प्रयोग गरी घरायसी वा प्रशोधन विधि द्धारा वनाईएको वाली वा पशुहरुमा यिनका शत्रु विरुद्धमा प्रयोग गरिने पदार्थलाई जैविक विषादी भनिन्छ । यसका अवशेषहरु (Residues) लामो अवधिसम्म नरहने हुँदा मानव स्वास्थ्यको हिसावले लाभदायक हुन्छन् ।

१६. प्याजलाई राम्रो बृद्धि गराउन कुन कुन विरुवा वर्धक रसायनहरुको प्रयोग गर्न सकिन्छ ?

प्याजलाई राम्रो वृद्धि गराउन माटोमा प्रयोग गरिएका मुख्य तत्वहरु वाहेक अन्य विरुवा बर्दक रसायनहरु जस्तै भेजिमेक्स आधा र २ मि. लि. प्रति लिटर पानीका दरले, एग्रोमिन ५ ग्राम प्रति लिटर पानीमा मिसाई सात दिनमा १ पटक स्प्रे गर्दा विरुवाको वृद्धि राम्रो भई उत्पादनमा वृद्धि हुन्छ ।

१७. प्याज खेती गर्दा गोडमेल कसरी र कति पल्ट सम्म गर्नु पर्दछ ?

प्याज हुर्कने वेलामा झारपात नियन्त्रण गर्ने र माटोलाई पनि हलुका पानीको लागि गोडमेलको जरुरत पर्दछ । प्याज सारेपछि ३–४ पटक सम्म गोडमेल गर्नु पर्दछ फलस्वरुप माटो हलुका भई गानो ठूलो हुन्छ ।

१८. प्याज खेतीमा आउने झारहरुको व्यवस्थापन कसरी गरिन्छ ?

पटक पटक सिचाई गर्नु पर्ने हुँदा प्याजवालीमा वढीनै झारपात पलाउँदछ । अतः वाली अवधि भरमा ४–५ पटक झारपात उखेल्नु पर्दछ । झारनाशक विषादी वसालिनको पनि प्याज खेतीमा प्रयोग गर्न सकिन्छ ।

१९. प्याज वालीमा सिचाई र निकासलाई कसरी व्यवस्थित गर्न सकिन्छ ?

मौसम तथा माटोको चिस्यान हेरी ५–७ दिनको फरकमा सिचाई दिनु पर्दछ । प्याजलाई पानीको आवश्यकता अन्य वालीलाई भन्दा वढी हुन्छ । वाली अवधिभर १०–१२ पटक सिचाई दिनु पर्दछ तर निकासको व्यवस्था पनि त्यतिकै जरुरी हुन्छ । प्याज उखेल्ने १५ दिन अगाडी सिचाई वन्द गर्नु पर्दछ ।

२०. प्याज वालीमा देखा पर्ने मूख्य–मूख्य कीराहरु कुन कुन हुन र यसको व्यवस्थापन कसरी गर्न सकिन्छ ?

प्याज वालीमा लाग्ने मूख्य कीरा थ्रिप्स नै हो । यसले गर्दा पातमा सेता तथा पहेला धब्वाहरु देखिन्छन् तथा पात खुम्चिने र मर्ने गर्दछन् । यस वाहेक उफ्रने खपटे, लाही, सुलसुले जस्ता कीराले पनि दुःख दिन्छन् । जैविक विषादीहरुवाट रोकथाम हुन नसकेमा मालाथायन रोगर थायोडान, नुभान जस्ता विषादीहरु २ मि. लि. प्रति लिटर पानीका दरले स्प्रे गर्दा यि कीराहरुको ब्यवस्थापन गर्न सकिन्छ ।

२१. प्याजको वैजनी धब्वा (Purple Blotch) रोगको लक्षण कस्तो हुन्छ र यसको ब्यवस्थापन कसरी गर्न सकिन्छ ?

यसको आक्रमणबाट पातमा वैजनी रंगको केन्द्र भएको साना सेतो दागहरु देखिन्छन् र ती दागहरु विकसित भई पात र फूलको डाँठलाई घेर्दछन् फलस्वरुप पात र डाँठ सुक्दछन् । यसको रोकथाम गर्न ०.२५ प्रतिशत डायथिन एम–४५ स्प्रे गर्न सकिन्छ र प्रभावकारी पाइएको छ ।

२२. प्याजमा लाग्ने डाउनी मिल्डयु (Downy Mildew) रोग कस्तो वातावरणमा वढी फैलन्छ र कसरी व्यवस्थापन गर्न सकिन्छ ?

यो रोग उच्च आद्र्रता भएको क्षेत्र वा वातावरणमा वढी फैलन्छ । यसको आक्रमणबाट पात र फूलको डाँठलाई वैजनी रंगको ढुसी विकास हुन्छ र पछि हरियो, पहेँलो रंगमा परिणत भई पात र डाँठ निस्तेज भई भाचिन्छ र यसको व्यवस्थापन गर्न ०.२ प्रतिशत जिनेव छर्नुपर्दछ ।

२३. व्याक्टेरियल नरम सडन Bacterial Soft  Rot कुन अवस्थामा लाग्दछ र यसका व्यवस्थापन विधिहरु के के छन् ?

यो रोग भण्डारणमा गानाको माथिल्लो भाग सड्न गई दुर्गन्धित हुन्छ । यो रोग वढी आर्दता भएको ठाउँमा फैलन्छ र यसवाट वचतको लागि भण्डारण गर्नु अगाडि राम्ररी सुकाउने, चोटपटक नलगाउने र चोट पटक लागेका छन् भने भण्डारण गर्नु अगाडी नै हटाउनु पर्दछ । भण्डारण घर सुख्खा, चिसो र हावा खेल्ने हुनपर्दछ ।

२४. प्याज खेती सम्वन्धि समस्या आइपर्दा कुन कुन निकायहरुमा सम्पर्क गर्नु पर्दछ ?

प्याज खेती गर्दा आईपर्ने समस्याको समाधान हेतु सम्पर्क गर्नु पर्ने पहिलो निकाय भनेको जिल्ला कृषि विकास कार्यालयन नै हो। त्यस वाहेक पनि सरकारी फार्म केन्द्र, तरकारी विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान परिषद जस्ता निकायहरुमा सम्पर्क गर्न सकिन्छ।

२५. प्याज खेतीमा कीराहरुको जैविक विधिवाट कसरी व्यवस्थापन गर्न सकिन्छ ?

प्याजमा देखा पर्ने थ्रिप्स, लाही जस्ता कीराहरुलाई घरमा तयार गरिएको नीम, वोझो, गाईको गहुत आदिको मिश्रण वेला–वेलामा स्प्रे गर्न सकेमा कीराहरु भगाउन सकिन्छ।यस वाहेक वजारमा निममा आधारित जैविक विषादीहरु पनि उपलब्ध छन् ।

२६. प्याजमा लाग्ने रोगहरु व्यवस्थापन गर्न प्रयोग गरिने घरायसी विधिहरु के के छन् ?

प्याजमा लाग्ने रोगहरु व्यवस्थापन गर्न सर्वप्रथमत घुम्ती वालीमा वढी ध्यान दिनु पर्दछ । प्याज लागएको खेतीवारीमा सिचाई र निकासको राम्रो प्रवन्ध गर्ने र नीम, गहुत बोजो जस्ता वस्तुहरु प्रयोग गरी वनाइएका पदार्थ वेला वेलामा प्रयोग गर्नु धेरै रोगहरु व्यवस्थापन गर्न सकिन्छ ।

२७. प्याज खेतीमा मलखाद व्यवस्थापन कसरी गरिन्छ ?

प्याज खेतीमा मलखाद व्यवस्थापनको लागि १०००–१५०० के. जी. गोवरमल, १०–१२ के. जी. नाइट्रोजन, ७–८ के. जी. फस्फोरस तथा ३–४ के. जी. पोटासियम प्रति रोपनी आवश्यक पर्दछ । यस वाहेक विरुवा वर्धक रसायनहरु पनि प्रयोग गर्न सकिन्छ ।

२८. प्याज खन्नु भन्दा अगाडी कुन–कुन उपाय अपनाउँदा लामो समय भण्डारण गर्न सकिन्छ ?

प्याजलाई लामो समय सम्म भण्डारण गर्न सकियोस भन्नका लागि खन्नु भन्दा १५–२० अगाडि देखि सिचाई नगर्ने प्याज गानो छिप्याउँछन् पात पहेँलिन शुरु भएपछि हात खुट्टा वा ड्रमको सहायताले १०–१५ दिन अगावै वोट मर्काइ दिने तथा खन्दा खेरी चोट पटक नलगाई र राम्ररी सुकाएर भण्डारण गर्नु पर्दछ जसले गर्दा प्याजलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ।

२९. प्याज सुकाउने (Curing) भन्नाले के बुझिन्छ रु यो विधि कसरी अपनाईन्छ ?

प्याज खनीसकेपछि हावादार, छायाँदार तथा सुख्खा स्थानमा सुकाउन जरुरी हुन्छ जसलाई सुकाउने वा क्युरिङ्ग भनिन्छ । प्याजमा भएको अत्याधिक चिस्यान घट्न गई प्याज खँदिलो, सानो तथा वाहिरको वोक्रा सुख्खा तथा पातलो भई भण्डारण गर्न सहज हुन्छ ।

३०. मेलिक हाईड्राजाईडको प्रयोग किन र कसरी गरिन्छ ?

प्याजको गाना तयार हुनु भन्दा २ हप्ता अगाडि नै प्याजको वोटमा मेलिक हाईड्राजाईड नामक रसायन २५०० पि. पि. एम. प्रति लिटर पानीमा मिसाई छरेमा भण्डारणमा प्याज उम्रने प्रकृया अवरुद्ध हुन्छ जसले प्याजको भण्डारण अवधि बढाँउदछ साथै प्याजको गुणस्तर निर्धारण गर्न मद्दत गर्दछ ।

३१. प्याजलाई कसरी कसरी भण्डारण गर्न सकिन्छ ?

प्याजलाई सुख्खा, चिसो तथा हावा संचार हुने किसिमको भण्डार घर  चाहिन्छ । स्थानीय स्तरमा भने खरको छानो भएको हावा राम्रो संचालन हुने जुटको वोराले छोपिएको भण्डारण संरचनामा भण्डारण गर्न सकिन्छ ।

३२. प्याज विक्री गर्नु अगाडी कसरी प्याकिङ्ग गर्नु पर्दछ ?

प्याज विक्री गर्नु अगाडी हावा छिर्ने जुटको वोरामा प्याकिङ्ग गर्नु उपयुक्त हुन्छ ।

३३. प्याज भण्डारणमा छिट्टै उम्रने÷टुसाउने कारण के हो र यसबाट बच्न के उपाए गर्न सकिन्छ ?

प्याजको गानाहरु जीवित भएकोले स्वास प्रश्वास क्रिया जारी नै रहन्छ र गानोमा पानीको मात्रा रहेकोले सूर्यको प्रकाश पाउनासाथ टुसाउन थाल्दछ । टुसाउनबाट वच्नको लागि सके सम्म अँध्यारो कोठा तथा वाली खन्नु अगावै मेलिक हाइड्राजाईडको प्रयोग गर्न सकिन्छ ।

३४. प्याज काट्दा पिरो ग्याँस फैलिन्छ किन ?

प्याजमा एक किसिमको एलिनोज नामक इन्जाईम हुन्छ जसको माध्यमवाट साइनो प्रोपानेथियल एस अक्साईड नामक ग्यास वन्छ जुन हावा मार्फत आँखामा पुग्छ र पिरो भई आँखा पोल्दछ।

३५. प्याज भण्डार आलु भण्डारमा के भिन्नता छ ?

प्याज भण्डारण गर्दा सुख्खा, चिसो तथा हावा संचारको पूर्ण संयोजन हुनु पर्दछ।जो आलु भण्डारणको प्रविधि भन्दा फरक छ ।

३६. वाली उत्पादन उपरान्त नोक्सानी हुने कारण के के हुन सक्दछन् ?

प्याजको गानोमा प्रशस्त मात्रामा चिस्यान रहने हुनाले उपयुक्त रुपमा भण्डारण गर्न सकिएन भने छिट्टै नोक्सानी हुन्छ । विशेषत पूर्ण नछिप्पिएका, चोट पटक लागेका र हावाको संचार राम्रो नहुने ठाउँमा भण्डारण गरिएको खण्डमा वढी नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।

........

प्याज गाना हुने विरुवा हो र यसलाई हरियो अवस्थामा वा सुकेको गाना तरकारी वा खानाका विभिन्न परिकारमा प्रयोग गरिन्छ । प्याज खेती उच्च पहाडी क्षेत्रमा फागुन–चैत्र महिनामा बीउ छर्ने तथा बैशाख–जेठ महिनामा बेर्ना सारी वर्षमा एकपटक मात्र खेती गरिन्छ । मध्य पहाडी क्षेत्र, बेसी तथा तराई क्षेत्रमा असोज–कार्तिक महिनामा बीउ छर्ने तथा मंसिर–पौष महिनामा बेर्ना सारी खेती शुरु गरिन्छ तथा जेष्ठ महिनामा बाली तयार हुन्छ ।

हावापानी : प्याज खेती गर्ने ठाउँ बिहानैदेखि घाम लाग्ने पारिलो हुनुपर्छ । प्याजको बोट बृद्धि १३ डि. से. देखि २४ डि. से. तापक्रममा राम्रो हुन्छ ।

माटो : मलिलो, पानीको राम्रो निकास भएको, हलुका दोमट माटोको पी.एच.मान ६.० देखि ६.८ सम्म हुनुपर्दछ ।

जातहरु : १. नसिक ५३ २. रेड क्रियोल ३. सुपरेकस ४. टी.आई. १७२ ५. कास ६. भेनस ७. विन्टर सिल्भर

खेती गर्ने तरिका : प्याजको तीन प्रकारले खेती गरिन्छ ।

१) सोझै पातलो बीउ छरेर

२) बेर्ना उमार्ने तथा उचित दूरीमा बेर्ना सरेर तथा

३) पहिले प्याजका साना दानाको सेट तयार गरी उक्त सेटबाट प्याजको खेती गर्ने ।

-प्याज खेतीबारे अर्को विशेष लेख

बाली लगाउने समय :

 उच्च पहाडी क्षेत्रमा फागुन–चैत्र महिनामा बीउ छर्ने तथा बैशाख–जेठ महिनामा बेर्ना सारी वर्षमा एकपटक मात्र खेती गरिन्छ ।

 मध्य पहाडी क्षेत्र, बेसी तथा तराई क्षेत्रमा असोज–कार्तिक महिनामा बीउ छर्ने तथा मंसिर–पौष महिनामा बेर्ना सारी खेती शुरु गरिन्छ तथा जेष्ठ महिनामा बाली तयार हुन्छ ।

जग्गाको तयारी : प्याज खेतीको लागि डयाङ्ग बनाउँदा १ मिटर चौडाइ तथा आवश्यकतानुसारको (साधारणतया ३ मिटर) लम्बाई भएको हुनुपर्छ । दुई डयाङ्गको बीचमा करिब ८ इन्च जतिको खाली ठाउँ राख्नुपर्छ । मलखाद प्रांगारिक तथा रासायनिक मलखादहरु (युरिया तथा हर्मोनहरु बाहेक) जमिन तयार गर्ने समयमा प्रति रोपनीका दरले प्रयोग गर्नु पर्छ ।

 प्रांगारिक र गोबर मल – करिब २ टन

 पिना – २० के. जी.

 डी. ए. पी. – १५ के. जी.

 युरिया – १० के. जी. (टप ड्रेसिंगका लागि)

 म्युरेट ओफ पोटास – १० के. जी.

 जिङ्क सल्फेट – १ के. जी.

 बोरेकस – १ के. जी.

 बायोजाम – १ के. जी.

 हर्मोनहरु – प्राविधिकको सल्लाह बमोजिम

बीउ दर : ५००–६०० ग्राम बीउ प्रति रोपनी । बेर्ना उत्पादन स्गुणस्तरीय उच्च उमार शक्ति भएको बीउ छान्नुपर्दछ । प्याजको जात हेरी बोटदेखि बोटको दूरी १० से. मि. तथा हार देखि हारको दूरी १५ से. मि. भएमा एक रोपनी क्षेत्रफलमा करिब २५००० देखि ३०००० प्याजको बिरुवा आवश्यक पर्दछ । एक रोपनी क्षेत्रफल ढाक्नका लागि करिब १० वर्ग मिटर क्षेत्रफलको ब्याडको आवश्यकता पर्दछ । प्याजको नर्सरी पारिलो ठाउँमा राख्नुपर्छ ।

बेर्ना सार्ने : प्याजको बीउ छरेको एक महिनामा गर्मी महिनामा तथा २महिनामा जाडो महिनामा बेर्ना सार्न लायक हुन्छ । दह्रा, मोटा तथा स्वस्थ बिरुवा मात्र छनोट गरी रोप्नुपर्छ । प्याजको बेर्ना उखेल्नुभन्दा १–२ दिन अघि नै क्रिनोक्सिल गोल्ड नामक ढुसीनाशक बिषादी २ ग्राम प्रतिलिटर पानीका दरले मिसाई ब्याडमा माटो समेत भिज्ने गरी छर्नुपर्छ । रोप्नका लागि छानिएको बेर्नाको जरालाई रोप्नुभन्दा पहिले एच. बी. १०१ दुई थोपा वा एटोनिक दुई थोपा प्रतिलिटर पानीमा आधा घण्टासम्म उपचार गरेपछि मात्र रोप्नुपर्छ । बेर्ना रोपिसके पछि नसरुन्जेलसम्म माटाको चिस्यान हेरी आवश्यकतानुसार दिनको दुई पटक ५ दिनसम्म पानी हाल्नुपर्छ ।

बिषादीको प्रयोग : जग्गाको तयारी गर्दाको समयमा हालिएको मलखाद बाहेक बिरुवा राम्ररी सरेपछि पहिलो पटक ३० देखि ४० दिनभित्र मल्टिप्लेक्स वा जीङ्गोप्लेक्स वा एग्रोमिन २ एम. एल. प्रतिलिटर पानीमा मिसाई १५-१५ दिनको फरक्मा ४ पटक छर्नुपर्छ । बिरुवालाई रोग तथा किराबाट बचाउन तथा राम्ररी हुर्काउन वेभिस्टिन २ ग्राम र रोगर १ एम. एल. प्रतिलिटर पानीका दरले बेर्ना तथा माटो समेत राम्ररी भिज्ने गरी छर्नुपर्छ ।

टप ड्रेसिंग : ५ किलो युरिया बेर्ना रोपेको २० देखि २५ दिनमा र दोश्रो ५ किलो युरिया बेर्ना रोपेको ४० देखि ४५ दिनभित्र लाइनमा छरी टप ड्रेसिंग गर्नुपर्छ । टप ड्रेसिंग गर्दा दुई हारको बिचमा ५ से. मि. गहिरो कुलेसो बनाई युरिया राखी माटोले पुरी सिचाई दिनुपर्छ । त्यस्तै १ भाग जिवातु झोल मलमा ३ भाग पानी मिसाई साताको दुई पटक ३–४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा धेरै राम्रो हुन्छ ।

गोडमेल : साधारणतया ३ देखि ५ पटक झारपात उखेल्नुपर्छ ।

सिंचाई : प्याज रोपेको आधा जीवन चक्रसम्म प्रशस्त चिस्यानको आवश्यकता पर्दछ । त्यसपछि पानीको मात्रा कम गर्दै लैजानु पर्दछ र अन्त्यमा (थन्क्याउने बेला) सुख्खा राख्नुपर्दछ । प्याजलाई सुरुको २,३ महिना प्रशस्त मात्रामा चिस्यानको आवश्यकता पर्दछ जसका लागि उचित सिचाईको व्यवस्था मिलाउनुपर्दछ ।

किराहरु : थ्रिप्सले आक्रमण गरेमा पातमा सेतो तथा हल्का पहेलो धब्बाहरु देखिन्छन तथा पात केहि खुम्चने टुप्पा खैरो हुने तथा मर्ने हुन्छन् । यस बाहेक प्याजमा उफ्रने, खप्ते, लाही, सुलसुले आदिले पनि दुःख दिन्छन् । प्याजका सम्पूर्ण किरा तथा सुलसुले नियन्त्रण गर्न मलाथियन, रोगर, थयोडान, नुभान आदि कुनै पनि एक किटनाशक बिषादी २ एम. एल. प्रतिलिटर पानीका दरले ७ – ७ दिनको फरकमा २–३ पटक छरेमा सजिलैसंग नियन्त्रण गर्न सकिन्छ । यसैगरी प्रांगारिक तवरबाट कीरा नियन्त्रण गर्न शुरुदेखि नै निरन्तर रुपमा १ भाग जिबातु झोल मलमा ३ भाग पानी मिसाई साताको २ पटक ३–४ महिनासम्म बोट तथा जरा भिज्ने गरी छर्दा पनि कीराको आक्रमण कम गर्न सकिन्छ ।

रोगहरु : बैजनी धब्बा, कालो पोके, डाउनि मिल्डू, डढुवा आदि प्याजमा लाग्ने मुख्य रोगहरु हुन्भने एन्थ्रक्नोज बैजनी जरा फेद कुहिने आदि रोगहरुले पनि प्याजमा आक्रमण गर्दछन् ।

बाली तयारी : प्याज रोपेको १३० देखि १५० दिनमा दोस्रो गानोका रुपमा बाली तयार हुन्छ । हरियो प्याजका रूपमा ११० देखि १२० दिनमा तयार हुन्छ । प्याजको सेट रोपेको ६० देखि ७० दिनभित्र गानु उखेल्न सकिन्छ ।

प्याजका रोगहरुबाट सजिलैसंग छुटकारा पाउन निम्न कार्य गर्नुपर्छ :

 अन्नबालीसंग घुम्ति बाली लगाउने । रोगमुक्त स्वस्थ बीउ रोप्ने र खेतबारी सफा राख्ने ।

 थ्रिराम वा क्याप्टान ३ ग्राम प्रतिकिलो बीउका दरले प्याजको बीउ छर्नुभन्दा पहिले उपचार गर्ने ।

 नर्सरीमा १ लिटर फर्मलडि़हाईड़ (४०%) ६० लिटर पानीमा हाली एक लिटर प्रति वर्गमिटर माटो भिज्ने गरी माटोको उपचार गर्ने ।

 डाइथेन एम–४५, क्याप्टान, बेमिस्टिन वा क्रिनोकिसल गोल्ड २ ग्राम प्रतिलिटर पानीका दरले मिसाई ७ देखि १० दिनको फरकमा ३ पटक छर्ने ।

बाली थन्क्याउने : हरियो तरकारीका लागि खेती गरिएको प्याज कलिलो अवस्थामा नै उखेलिन्छ । हरियो प्याज बेर्ना रोपेको ३–५ महिनामा तयार हुन्छ । गाना तयार भएको संकेत डाँठहरु भाचिएर भुइमा हुन्छन् र पातहरु पहेला हुन्छन् । गाना निकालेपछि ३ दिन छायामा सुकाउनु पर्दछ । प्याज थन्क्याउने बेलामा मौसम न्यानो र सुख्खा हुनुपर्दछ ।

प्याजको उत्पादन : प्याजको जात हेरी उन्नत तरिकाबाट खेती गरिएमा १५०० – २००० किलोग्रामसम्म प्रति रोपनी उत्पादन हुन्छ ।

प्याज सुकाउने (Curing) : प्याज खन्ने बितिकै केही दिनसम्म हावादार, छाँयादार तथा सुख्खा स्थानमा सुकाइन्छ । ३ देखि ४ साता भित्र प्याज राम्ररी क्यूरिङ्ग भइसक्छ ।

भण्डारण : प्याजलाई भण्डारण गर्न शुन्य डि. से. तापक्रम तथा ६० देखि ६५ प्रतिशत आद्र्रता उपयुक्त हुन्छ ।

स्रोत कृषि व्यवस्थापन सूचना प्रणाली 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?