कृषि क्षेत्रमा दुग्ध र पोल्ट्री दुवै ठूला स्तम्भ हुन् । तर लेयर्स कुखुरापालन व्यवसायलाई अलि बढी जोखिमपूर्ण मानिनुको मुख्य कारण के हो ?
दुग्ध व्यवसाय र कुखुरापालन व्यवसाय नितान्त फरक प्रकृतिका हुन्। दुग्ध व्यवसाय हाम्रो परापूर्वकालदेखि पारिवारिक रूपमा सञ्चालन हुँदै आएको छ र यसको बजार प्रायः स्थिर हुन्छ । तर पोल्ट्री व्यवसाय, विशेष गरी अण्डा उत्पादनको बजार स्थिर रहन सक्दैनस यहाँ मूल्यमा दिनप्रतिदिन उतारचढाव भइरहन्छ । पोल्ट्री अति संवेदनशील र छिट्टै नासवान प्रकृतिको व्यवसाय भएकाले यसमा जोखिम उच्च हुन्छ । आजको नयाँ पुस्ता जोखिम बहन गर्न धेरै आँट गर्दैनन् र उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारी बन्ने गरेको छ । पोल्ट्रीमा दीर्घकालीन सोच, प्राविधिक ज्ञान र ठूलो जोखिम मोल्ने क्षमता बिना टिकिरहन कठिन छ ।
१,००० लेयर्स कुखुरा पाल्दा एउटा किसानले कति कमाउँछ रु यसको वास्तविक नाफा(घाटाको गणित कसरी चल्छ ?
पोल्ट्रीमा महिनामा ठ्याक्कै यति कमाइन्छ भनेर तोकेर भन्न सकिने अवस्था नै हुँदैन । यदि अण्डाको बजार मूल्य राम्रो छ भने १,००० लेयर्स कुखुरा पाल्ने किसानले महिनामा ५० देखि ६० हजार रुपैयाँसम्म नाफा कमाउन पनि सक्छन् । तर, बजारमा अण्डाको मूल्यमा अत्यधिक गिरावट आएको अवस्थामा महिनामै १ देखि डेढ लाख रुपैयाँसम्म घाटा सहनुपर्ने जोखिम पनि रहन्छ । मूल्य राम्रो भएन भनेर बिचमै उत्पादन रोक्न वा खोर बन्द गर्न सकिदैनस कुखुरालाई दाना पानी खुवाइरहनुपर्छ । त्यसैले यो व्यवसाय बजारको चक्र र जोखिम व्यवस्थापनमा पूर्णतः निर्भर हुन्छ ।
नेपाल कुखुरा व्यवसायी मञ्च र विज्ञहरूको टोलीले अण्डाको उत्पादन लागत र बजार मूल्यको अन्तर कसरी निकालेको छ ? हालको स्थिति कस्तो छ ?
हामीले भेटेरिनरी डाक्टर तथा प्राविधिक विज्ञहरूको टोली गठन गरेर अध्ययन गर्दा अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु। १९र१२ पैसा निस्किएको थियो । तर बजारमा असोजको तेस्रो सातातिरको तथ्याङ्क हेर्ने हो भने अण्डा सरदर रु। १७ देखि १८ रुपैयाँ गोटामा बिक्री भइरहेको छ । अर्थात्, किसानले प्रत्येक अण्डामा १ देखि २ रुपैयाँ घाटा खाएर बेचिरहेका छन् । जहाँसम्म भारतीय अण्डाको कुरा छ, हाम्रो पशु स्वास्थ्य ऐन तथा नियमावली अनुसार छिमेकी देशबाट वैधानिक रूपमा अण्डा आयात गर्न मिल्दैन । तर भारतीय सीमा नाकाका बजारहरूबाट छिटफुट रूपमा हुने अवैध पैठारीले पनि हाम्रा स्थानीय किसानलाई थप नोक्सान पुर्याइरहेको छ ।
पछिल्लो समय अण्डा उत्पादक कुखुरा व्यवसायीहरू किन एकाएक घट्दै गएका हुन् ?
यसको मुख्य कारक विगत ६ वर्ष अगाडि फैलिएको कोभिड(१९ महामारी र त्यसपछिको चरम महँगी हो । कोभिडपछि दाना, औषधि, कच्चा पदार्थ र कामदारको लागत ह्वात्तै बढ्यो । किसानहरूले लगातार आफ्नो लागत मूल्यभन्दा धेरै कम मूल्यमा अण्डा बेच्न बाध्य हुनुपर्यो । लामो समयसम्म घाटा सहेर पेसालाई निरन्तरता दिन नसकेपछि र आर्थिक रूपमा टाट पल्टिने अवस्था आएपछि धेरै किसानहरूले खोर बन्द गरेर विस्थापित हुनुपर्ने बाध्यता सिर्जना भयो ।
नेपाल र विकसित देशहरू बीच अण्डा खपतको अन्तर कस्तो छ रु यसले बजारको कस्तो सम्भावना देखाउँछ ?
विश्वका विकसित देशहरूसँग तुलना गर्दा नेपालमा अण्डाको खपत अझै धेरै न्यून छ । तथ्याङ्क अनुसार प्रतिव्यक्ति प्रतिवर्ष अण्डाको खपत चीनमा ४०० वटा, मेक्सिकोमा ३९५, अर्जेन्टिनामा ३८०, जापानमा ३५५ र अमेरिकामा २७५ वटा रहेको छ । तर नेपालमा यो संख्या जम्मा ६९ वटा प्रतिव्यक्ति प्रतिवर्ष मात्र छ१ यसले के देखाउँछ भने नेपालमा अण्डाको बजार अझै विशाल छ । यदि हामीले अण्डाको पोषक तत्त्वबारे आम जनतामा चेतना फैलाएर प्रतिव्यक्ति खपत बढाउन सक्यौँ भने किसानहरूले बजार पाउन गाह्रो हुने छैन ।
अन्तमा, नयाँ आउन चाहने र हाल संघर्ष गरिरहेका किसानहरूलाई के सल्लाह दिनुहुन्छ ?
पोल्ट्री व्यवसाय स्वरोजगारको उत्कृष्ट माध्यम हो, तर यसमा अरूको देखासिखी गरेर वा बिना अध्ययन प्रवेश गर्नु हुँदैन । मौसम परिवर्तनसँगै आउने रोगको सङ्क्रमण, दानाको गुणस्तर र बजारको उतारचढावबारे पूर्ण ज्ञान लिएर मात्र खोर हाल्नुहोस् । कामदारहरू पनि दक्ष र पेसा बुझेका हुनुपर्छ । अहिलको मुख्य आवश्यकता भनेको उत्पादन लागत घटाउनु र आन्तरिक खपत बढाउनु हो । बजार जतिसुकै चुनौतीपूर्ण भए पनि प्राविधिक तयारी र धैर्यताका साथ अघि बढेमा पोल्ट्री क्षेत्रमा अझै पनि सम्भावना र अवसरहरू प्रशस्त छन् ।