ताजा खबर

देशैभरि सयपत्रीको नयाँ बहार स् आफ्नै माटोमा पसिना बगाउने युवाहरूलाई प्रोत्साहन गरौँ

19 hours ago

15 views

देशैभरि सयपत्रीको नयाँ बहार स् आफ्नै माटोमा पसिना बगाउने युवाहरूलाई प्रोत्साहन गरौँ

यस वर्षको तिहारमा देशैभरि सयपत्री फूलको छुट्टै रौनकता र अर्थतन्त्रमा समेत सुधार देखिएको छ । गाउँदेखि शहरसम्मका युवाहरू व्यावसायिक रूपमा सयपत्री खेतीतर्फ आकर्षित भएसँगै यसपाली स्वदेशी फूलको उत्पादन उल्लेख्य रूपमा बढेको छ । कृषि पढेका प्राविधिकदेखि अध्ययन पूरा गरी आफ्नै माटोमा भविष्य खोजिरहेका युवाहरूले बाँझो जमीन, बारीका पाटा र खेतका गराहरूलाई पहेँलपुर बनाएका छन् । देशैभरि फैलिएको यो युवा जागरणले वर्षौँदेखि तिहारमा भारतीय फूल आयातमा निर्भर रहनुपर्ने बाध्यतालाई चिर्दै आत्मनिर्भरतातर्फको ठूलो बाटो खोलेको छ ।

आफ्नै देशमा पसिना बगाएर गुणस्तरीय र ताजा सयपत्री उत्पादन गर्ने यी युवा उद्यमीहरू हाम्रा वास्तविक नायक हुन् । बाहिरबाट आयात गरिएका अस्वस्थकर र महँगा प्लास्टिकका माला वा बासी फूलको साटो हाम्रै गाउँ(घरमा नेपाली युवाहरूले पसिना सिँचेर फलाएका ताजा सयपत्रीका माला प्रयोग गर्नु आजको आवश्यकता हो । आफ्नै माटोमा फुलेको प्राकृतिक फूलले घरआँगन सजाउँदा र भाइटीकामा दाजुभाइलाई पहिराउँदा त्यसको सुगन्ध, धार्मिक पवित्रता र आत्मीयता नै फरक हुन्छ ।

त्यसैले, यस तिहारमा सम्पूर्ण आम उपभोक्ता महानुभावहरूलाई प्लास्टिकका माला पूर्ण रूपमा बहिष्कार गरी “स्वदेशी फूलको प्रयोग गरौँ, आफ्नै माटो र नेपाली युवालाई समृद्ध बनाऔँ” भन्ने अभियानमा जोडिन हार्दिक आह्वान गर्दछौँ । हामीले किन्ने एक थुँगा स्थानीय सयपत्रीले हाम्रै छिमेकी युवा उद्यमीको अनुहारमा मुस्कान ल्याउँछ र देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । आउनुहोस्, यसपालीको चाडपर्वमा आफ्नै देशका युवाको सिर्जना र पसिनाको सम्मान गर्दै मौलिक र आत्मनिर्भर तिहार मनाऔँ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?