तिहार तथा छठ पर्वलाई लक्षित गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० को आयोजनामा १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ यही कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा सञ्चालन हुने भएको छ । पुष्प व्यवसायको व्यावसायिक विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रदर्शनीमा कुल ८६ वटा स्टलहरू रहनेछन् ।
मेलामा मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा गोदावरी फूलहरूको प्रतिस्पर्धा गराइनेछ भने यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको छ । विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्महरूलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मानित गरिनेछ ।
प्रदर्शनीमा नेपालमा उत्पादित गोदावरीका विविध जात तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाहरूको प्रदर्शनी तथा बिक्री(वितरण हुनेछ । पाँच दिनसम्म चल्ने यस मेलालाई ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ। हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको र यस क्षेत्रमा ११ अर्ब ५० करोडभन्दा बढीको लगानी रहेको छ ।