ताजा खबर

एनएलएसआईपीको अनुदान पाएपछि स्थानीयको आम्दानीको माध्यम बन्दै बाख्रापालन व्यवसाय

1 year ago

45 views

एनएलएसआईपीको अनुदान पाएपछि स्थानीयको आम्दानीको माध्यम बन्दै बाख्रापालन व्यवसाय

इलाम, ४ असार । इलामको इलाम नगरपालिका – ८ का गंगा रेग्मी व्यावसायिक बाख्रापालनमा लागेका छन् । दुई वर्षदेखि उनी बाख्रापालन व्यवसायमा लागेका हुन् । लगानी धेरै लगाउनु नपर्ने, थोरै लगानीबाट व्यवसाय गर्न सकिने भएको हुँदा यो व्यवसाय थालेको उनको भनाइ छ । अहिले रेग्मीको खोरमा ७ वटा बाख्रा छन् ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले अनुदान सहयोग प्रदान गरेपछि रेग्मीले व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका हुन् । जिल्लाको माइबेनी कृषि तथा पशुपन्छी पालन समूहमा आबद्ध भएर रेग्मीले बाख्रापालन व्यवसाय गरिरहेका हुन् । समूहमा १० जना सदस्य रहेका छन् । प्रत्येक सदस्यले १० वटा गरी समूहअन्तर्गत १ सय वटा बाख्रा रहेका छन् ।

तर रेग्मीसँग भने ७ वटा बाख्रा मात्र रहेका छन् । समूहका व्यवस्थापकको जिम्मेवारीमा रहेकाले दौडधुप धेरै हुने हुँदा उनले अर्का साथीलाई १३ वटा बाख्रा दिएको बताउँछन् । बाख्राबाट वर्षमा १ लाखभन्दा बढी आम्दानी भएको उनको भनाइ छ । यसैबाट घरव्यवहार चलाउन तथा सन्तान पढाउन–लेखाउन सहज भएको रेग्मीले बताए । 

 

स्वदेशमा रोजगारी नभएको भन्दै विदेशिनेको संख्या बढिरहेका बेला बाख्रापालन व्यवसाय राम्रो आम्दानीको माध्यम बन्दै गएको छ । थोरै लगानी गरेर राम्रो आम्दानी हुने भएपछि आर्थिक रूपमा विपन्नहरूसमेत व्यवसायिक बन्न थालेका रेग्मीले बताए । गाउँमै बाख्रापालन व्यवसाय गर्दा नाम र दाम दुवै कमाउन सकिने उनको भनाइ छ । प्रत्येक सदस्यले कम्तिमा पनि वार्षिक रूपमा १ लाख आम्दानी गर्न थालेका रेग्मी बताउँछन् । 

रेग्मीले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले अनुदान सहयोग प्रदान गरेपछि व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका हुन् । पछिल्लो समयमा खुला चरन क्षेत्र घट्दै गएकाले बाख्रापालनमा चुनौति थपिए पनि खेतमा घाँस लगाएर तथा दानाबाट पनि पालन सम्भव देखिएपछि रेग्मीले आफू यस व्यवसायमा लागेको बताए । 

समूहअन्तर्गत ३० रोपनी जग्गामा स्थानीय घाँस पनि लगाइएको छ । त्यस्तै उनले आधुनिक खोर पनि निर्माण गरेका छन् । एउटा खोर निर्माण गर्न साढे ३ लाख रुपैयाँभन्दा बढी खर्च भएको रेग्मीको भनाइ छ । यसो हुनुको कारण खोर निर्माणका लागि काठलगायतका आवश्यक सामग्रीको सहज आपूर्ति हुन नसक्दा चर्को मूल्यमा खरीद गरिनु थियो । रेग्मी त एक प्रतिनिधि मात्र हुन् तर माइबेनी कृषि तथा पशुपन्छी पालन समूहमा आबद्ध भएका अन्यले पनि बाख्रा व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । 

कूल ५५ लाख रुपैयाँको लगानीमा सुरु गरिएको उपआयोजनाले २७ लाख रकम कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट अनुदान पाएको रेग्मीले बताए । आगामी दिनमा व्यावसायिक रूपमा यास पेसालाई अगाडि बढाउने उनको सोचाइ छ । यसअघि पनि घरमा थोरै बाख्रा पालिन्थे । पछिल्लो समय व्यावसायिक रूपमा यो पेसा अँगालिरहेको उनले बताए । २०७८ सालको भदौमा सुरु भएको यो उपआयोजना सोही वर्षको चैतमा सम्पन्न भएको थियो ।

आयोजनाका कृषि अर्थविज्ञ सुशील खड्काका अनुसार नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाबाट दूध, खसी बोकाको मासु र पश्मिनाको उत्पादकत्व वृद्धि गर्ने, पशुजन्य उत्पादनहरूको मूल्य अभिवृद्धि गर्ने र नेपालको पशु सेवा क्षेत्रको सुदृढीकरण तथा आधुनिकीकरण गर्ने उद्देश्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेको छ ।

२२ हजारका दरले बाख्रा खरीद

पछिल्लो समय व्यावसायिक रूपमा बोयर बाख्रापालनमा आकर्षण बढेको छ । स्थानीय जातका बाख्रापालन गरेका कृषकले बोयर बाख्रापालनमा लगानी बढाएका छन् । राम्रो आम्दानी गर्न सकिने हुनाले स्थानीय जातका बाख्रापालकले बोयर बाख्रा खरिदमा लगानी गरेका हुन् । कृषकको ईच्छालाई मध्यनजर गर्दै माइबेनी कृषि तथा पशुपन्छी पालन समूहले ५ वटा बोयरका पाठा ल्याएको रेग्मीले जानकारी दिए ।  

सामूहिक लगानीमा सुरुवात गरिएको समूह अन्य १ सय वटा बाख्रा खरीद गरेको थियो । समूहले जिल्लाकै देउमाई नगरपालिकाबाट बोयर क्रस बाख्रा खरिद गरेर फर्ममा ल्याएका हुन् । उन्नत जातका बाख्रापालन व्यवसायलाई व्यवस्थित बनाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले अनुदान सहयोग प्रदान गर्दै आएको आयोजनाका कृषि अर्थ विज्ञ सुशील खड्का बताउँछन् । समूहले २२ हजारका दरले खोरमा रहेका बाख्रा खरीद गरेको थियो । यसैगरी व्यवस्थित खोर निर्माणका लागि प्रतिखोर साढे ३ लाख रकम खर्च भएको छ । जबकि समूहअन्तर्गत १० वटा खोर निर्माण भएका थिए । 

बाख्रापालनबाट स्वदेशमै स्वरोजगार 

स्वदेशमा रोजगारी नभएको भन्दै विदेशिनेको संख्या बढिरहेका बेला बाख्रापालन व्यवसाय राम्रो आम्दानीको माध्यम बन्दै गएको छ । थोरै लगानी गरेर राम्रो आम्दानी हुने भएपछि आर्थिक रूपमा विपन्नहरूसमेत व्यवसायिक बन्न थालेका रेग्मीले बताए । गाउँमै बाख्रापालन व्यवसाय गर्दा नाम र दाम दुवै कमाउन सकिने उनको भनाइ छ । प्रत्येक सदस्यले कम्तिमा पनि वार्षिक रूपमा १ लाख आम्दानी गर्न थालेका रेग्मी बताउँछन् । 

बाख्रापालनबाट आम्दानी हुन थालेपछि व्यवसायी कृषकहरू लगानी थप्ने योजनामा पनि रहेको उनको भनाइ छ । जसले गर्दा स्वदेशमा नै केही गर्न सकिन्छ कि भन्नेहरूलाई राम्रो प्रेरण मिल्ने उनको भनाइ छ । हलोखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?