ताजा खबर

नुवाकोटको पन्चकन्या २ शान्ति चौतारामा आधारभूत मौरीपालन तालिम सम्पन्न

3 months ago

63 views

नुवाकोटको पन्चकन्या २ शान्ति चौतारामा आधारभूत मौरीपालन तालिम सम्पन्न

नुवाकोटको पन्चकन्या २ शान्ति चौतारामा प्रदेश सरकार र पन्चकन्या गाँउपालिकाको साझेदारीमा १५ दिने मौरीपालन तालिम सम्पन्न गरीएको छ । गाँउपालिकाकि उपाध्यक्ष बिमला केसी तालिमको उदघाटन गरेकि थिइन् । १५ दिन सन्चालन भएको आधारभूत मौरीपालन तालिममा स्थानीय ३० जना महिला सहभागिलाई नेपाल मौरी पालक महासंघ नुवाकोट शाखा अध्यक्ष भिमप्रसाद अधिकारीले प्रशिक्षण दिएका थिए ।

आधुनिक मौरी फार्म तथा घार उधोगका समेत संचालक रहेका अधिकारीले पन्चकन्या गाँउपालिका वातावरणिय हिसाबले मौरीपालन व्यवसाय गर्न योग्य ठाँउ भएकोले सहभागीहरुलाई व्यवसाय गर्न र यसको लागि लागि आवश्यक प्राविधिक सहयोग मौरी जन्य सामाग्रीहरूको लागि सदैब सहयोग गर्न तयार रहने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा । गाँउपालिकाकि उपाध्यक्ष बिमला केसी सधैं किसानको हितमा काम गर्ने र यस ब्यबसाय सन्चालन गर्ने महिलालाई आबश्यक सहयोग गर्न तयार रहेकोले ढुक्क भएर व्यवसाय गर्न आग्रह गरिन् । कार्यक्रम समापन समारोहमा पन्चकन्या गाँउपालिका वडा नं २ का वडा अध्यक्ष रामशरण श्रेष्ठले आफ्नो वडा आर्थिक रुपले समृद्ध बनाउन यस तालिमले मद्धत पुग्ने र सहभागीलाई व्यवसाय गर्न र व्यवसाय गर्ने सहभागीहरुलाई थप सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए । agrotimes

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?