जुन ५, २०२४ को विश्व वाताबरण दिवशको अबसरमा देशैभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । यसै अवसरमा हामीले जानकारी दिँदैछौँ, तारकेश्वर नगरपालिकाको वडा नं ५ मा काठमाडौँमा अबस्थितबाल सृजना मा.विको को आयोजनामा सम्पन्न भएको बृहतसरसफाई कार्यक्रमको ।
बिद्यालयका प्रधानाध्यापक जयराम लामिछाने तथा प्रबन्ध निर्देशक कमल पन्तको नेतृत्वमा बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरू, बिद्यालयमा रहेको नब सृजना बाल क्लवका बाल क्लव सदस्यहरू गरि लगायत ८० जनाको टोलीले तारकेश्र्वर नगरपालिकाको मुडखु भञ्ज्याङ्ग तथा जितपुरफेदीको बिचमा रहेको र आन्तरिक पर्यटनका लागि अति नै प्रख्यात मानिएको भ्यू टावरमा पुगेर त्यस क्षेत्र वरपर सरसफाई गरेको थियो । सो समयमा संकलन गरेको फोहोरलाई व्यवस्थित तरिकाले बिसर्जन समेत गरेको थियो ।
सरसफाई कार्यक्रमको समापन पश्चात सहभागी बालबालिकाहरूलाई व्यक्तिगत सरसफाई, वातावरण तथा घर आँगनको सरसफाईको सम्बन्धमा अझ बढि जानकारी प्रदान गरीएको थियो । साथै कार्यक्रममा वातावरण र सरसफाईसँग सम्बन्धित लोक गित, कविता, मुक्तक, सुसेली तथा स्लोगनहरूको समेत प्रस्तुत गरिएको थियो । जसको साहित्यक सहजीकरण बाल साहित्यकार सुशिल आचार्यले गरेका थिए ।
agrotimes