काठमाडौं । बालीको परिचय फापर उच्च पहाडी भागको एक प्रमुख खाद्यान्न बाली हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक २०१८ अनुसार नेपालमा १०, २९६ हेक्टरमा फापर खेती गरिन्छ, जसबाट १,११४ केजी/ हेक्टरको औसतमा ११,४७२ केजी उत्पादन हुन्छ । यसलाई भौगोलिक स्थान अनुसार ग्रिष्म, हिउँदे, शरद र बसन्ते बालीको रुपमा खेति गरिदै आएको छ ।
खेती गरिने फापरमा मिठ फापर र तिते फापर पर्दछन् । फापर अन्न बाली अन्तर्गतको मिथ्यन्न बाली हो र यसलाई कु अन्न भनिने गरिए पनि हाल आएर सु अन्न भन्न थालिएको छ । नेपालको उच्च पहाडमा फापरलाई प्रमुख खाधान्नको रुपमा लिइन्छ । फापरका २ वटा प्रजाति तिते र मिठे फापर छन् भने जंगली अवस्थामा खानामा प्रयोग गरिने एउटा प्रजाति छ जसलाई बन फापर भनिन्छ । बन फापरको फूल प्रायजसो सेतो हुन्छ । फापरलाई औषधिको रुपमा बढी महत्व दिने गरेको देखिन्छ। फापर विकास र प्रवर्द्धनको लागि अनुसन्धान र लगानीको हिसाबले उपेछित बाली भए पनि हाल आएर यसलाई भविष्य को स्मार्ट खाद्य बालीको रुपमा हेरिएको छ ।
हावापानी: फापरलाई ठण्डा र आद्र हावापानी फाप्दछ तर पनि अली बढी न्यानो तापक्रममा पनि खेति गर्न सकिन्छ । तर पानी जम्ने गरी ठण्डा भएमा वोट मर्दछ। हिउँ र तुषारोलाई छलेर खेती गर्न सकेमा निकै उचाइमा पनि फापर खेती गर्न सकिन्छ । फापरको बीउ उम्रनको लागि कम्तिमा पनि ७° से. तापक्रम चाहिन्छ, तर उचित बोट वृद्धि र विकासको लागि १६- २२ से. तापक्रम उपयुक्त मानिन्छ । यसको खेती गर्न १०-३२° से. सम्मको तापक्रममा हुन्छ । ७०-८० % सापेक्षिक आद्रताको आवश्यकता पर्छ । यसको सफल खेतीका लागि कम्तिमा पनि औषत वार्षिक वर्षा १०० मि.लि. लिटर हुनु पर्दछ । नेपालमा २१०० मि भन्दा माथिको भागमा फापर बढी मात्रामा खेति गरेको देखिन्छ ।
जातहरूः नेपालमा मिठे फापरको एक मात्र जात, मिठे फापर-१, २०७२ सालमा सिफारिस भएको छ। यो जात ७०-१०० दिनमा पाक्छ । औषत उत्पादन १२३० केजी प्रति हेक्टर रहेको छ । नेपालमा ठाउँ विशेष स्थानीय जातहरू नै बढी प्रचलनमा छन् । केही हद सम्म किसान आफैले छानेर बढी फल्ने जातहरू खेति गर्दै आइएको छ । सबै ठाउमा एकै जात लगाउनु भन्दा ठाउँ विशेष जातहरू लगाउनु राम्रो हुन्छ ।
माटोः निकासयुक्त बलौटे दुमट तथा पाँगो दुमट माटोमा फापर खेती राम्रो हुन्छ । पानी जम्ने ठाउमा यसको खेति गर्न सकिदैन । अन्य बाली जस्तो यो बालीलाई धेरै मलिलो माटो चाहिदैन । धेरै मलिलो माटोमा फापर लगाउदा पछि बाली ढल्छ । चिम्टाइलो माटोमा फापरको उमर शक्तिमा असर पर्न हुँदा अंकुरण एकै नासको हुदैन । फपेर्ले माटोको अमलियापन सहन सक्छ र यसको लागि ५-६ पी एच उपयुक्त हुन्छ ।
बाली चक्र र मिश्रित खेती: नेपालमा भौगोलिक क्षेत्र अनुसार धेरै थरिको बाली चक्र अपनाएको पाइन्छ । फापर उच्च पहाड (हिमाली भेग) मा ग्रिष्म र वर्षे बालीको रुपमा, मध्य पहाड (पहाडी भेग) मा शरद र बसन्ते बालीको रुपमा, र तराई भेगमा हिउँदे बालीको रुपमा खेति गरिन्छ । मुन्टा सागको लागि भने तुषारो र अति चिसो छलेर बाह्रै महिना खेति गर्न सकिन्छ ।
जमिनको तयारी: जमिनलाइ १-२ पटक हलो वा ट्याक्टरले जोतेर ढल्ला फोरी झारपातहरू हटाउनु पर्छ । जमिन तयारी गर्दा पानीको राम्रो निकासको प्रबन्ध मिलाउनु पर्छ । रोप्ने समयमा माटोमा चिस्यान हुनु पर्छ । जमिनको राम्रो तयारी भएमा एक नासले फापर उम्रन्छ र बोटको उपयुक्त घनत्व कायम हुन जान्छ ।
मलखाद: गोठे मल वा कम्पोस्ट मल हाल्दा फापर रोप्नु भन्दा १५-३० दिन अगाडी राम्रोसँग पाकेको मल १००-१५० केजी प्रति हेक्टरको दरले माटोमा एक नासले पर्ने गरेर तुरुन्तै माटोमा जोतेर वा खनेर मिलाउनु पर्छ । प्रांगारिक मलको अलवा रोप्ने समयमा बारीमा ३० केजी नाइट्रोजन, ३० केजी फस्फोरस र १५ केजी पोटास प्रति हेक्टरको दरले प्रयोग गर्दा उत्पादन राम्रो हुन्छ । यी मध्ये डिएपी पूरै मात्रामा र युरियाको आधा मात्रा बीउ छर्नु अगाडी प्रयोग गर्नु पर्छ र बाँकी युरिया बीउ छरेको एक महिना पछि मात्र प्रयोग गर्नु पर्छ ।
बाली लगाउने समय: खाद्यान्न तथा बीउ उत्पादनको निम्ति खेती गर्दा तराई भेगमा कार्तिकमा, मध्य पहाडमा भाद्र र फाल्गुन गरी दुई समयमा र उच्च पहाडमा बैशाखमा खेती गर्न सकिन्छ । बीउ टिप्ने बितिक्कै पनि उम्रने हुँदा तरकारी र सागको लागि हिउँ, तुषारो तथा अति चिसो समय छलेर अन्य जुनसुकै बेलामा लगाउन सकिन्छ ।
बीउको मात्र: साधारणतया पंक्तीमा रोप्दा प्रति हेक्टर २०-३० केजी बीउ आवश्यकता पर्दछ । छरेर लगाउदा प्रति हेक्टर ४०-६० केजी बीड चाहिन्छ । बीउको लागि एक बर्ष भन्दा पुरानो बीउ हुनु हुदैन ।
बीउ लगाउने तरिका: फापरलाई छोर पंक्तिमा (३-५ से.मी. गहिरो २५-३५ से.मी. फरकमा र एक बोटदेखि अर्को बोटको दूरी४-६ से.मी. मा) वा हलोको सीतामा हातले बीउ खसालने तरिकाले लगाउन सकिन्छ र छरेर लगाउने तरिका सबै भन्दा सजिलो हुन्छ । फापरयसरीलाई लाईन बनाई लगाएमा बढी उत्पादन लिन सकिन्छ । यसरी लगाउदा बीउ छरेर लगाउँदा भन्दा आधा कम चाहिन्छ ।
सिंचाई: फापर खेति आकाशे पानीको भरमा गरिन्छ । खासैं सिचाई गरि रहनु पर्दैन। माटी र आकाशे पानीको अवस्था हेरी सिचाई सुविधा भएमा २-५ पटक सिचाई दिनु राम्रो हुन्छ । रोपेको करिब ५६ दिनमा, फुल फुल्ने र दाना लाग्ने समयमा सिंचाई दिदा उब्जनी राम्रो हुन्छ।
गोडमेल: फापर छिटो पाक्ने र बाक्लो गरी लगाइने वाली भएकोले गोडमेल गरिरहनु पर्दैन । जमिन साह्रो भएको खण्डमा फापर रोपेको ३-४ हप्तामा कुटोले गोडमेल गर्नु पर्छ ।
बाली संक्षण भारपात नियन्त्रणः फापर छिटो र हलक्क बढेर रोपेको १५-२० दिनमा नै जमिनलाई ढाक्ने हुँदा र यसमा फारलाई नियन्त्रण गर्ने रसायन हुने हुँदा भारपातको समस्या हुँदैन । झारपातको समस्या देखिएमा कुटो वा कोरेटोको सहायताले ३-३ हप्ताको अवधिमा दुई पटकसम्म भारहरू उखेल्नु पर्छ ।
रोग कीरा: फापरमा रोग कीराको समस्या न्यनू हुन्छ । फट्याङग्रा, झुसिल कीरा, थ्रिप्स, फौजी कीरा ,खुमे कीरा, जस्ता कीरा, घुन रपात डढुवा, जरा, जरा कुहिने, फेद कुहिने आदि रोगहरूला गर्दछन् । यसरी रोगकीरा लागेमा स्थानीय स्तरमै पाइने खरानी, खिर्रा, तितेपाती, लसुन, गहुँ, सयपत्री, आदिको प्रयोग गर्न सकिन्छ ।
तुसारो हिउ तथा चिसोः फापर वालीले सुपारो, हिउ तथा चिसो (१० डिग्री तापक्रम भन्दा कम) सहन सक्दैन । यसलाई तुषारो, हिउ तथा चिसोबाट बचाउन फापर लगाउने समय मिलाएर तुषारो हिउ तथा चिसो छल्नु पर्छ साथै प्लास्टिक घपर बनाएर पनि तुषारो हिउ र चिसोबाट बचाउन सकिन्छ । तिते फापरले मिठेले भन्दा बढी चिसो सहन सक्छ ।
सुक्खा, तातो धेरै पानी: फापरले धेरै सुक्खा र धेरै तातो (३२ डिग्री सेन्टीग्रेड तापक्रम भन्दा बढी) सहन सक्दैन । पानी जम्ने ठाउँमा पनि फासको उत्पादन गर्न सकिदैन । पानीको निकासा भएको केही भिरालो ठाउँमा फापर खेति राम्रो भएको पाइन्छ । सुक्खा र तातो पनको अवधिलाई छल्ने गरी यसको खेति गर्नु पर्छ । उच्च पहाडको असिचित क्षेत्रमा खेति गरिने र जमिनलाई पूरै ढाकेर वास्पिकरण कम गर्ने हुँदा केही हदसम्म सुखा सहन सक्छ ।
ढल्ने: फापर बाक्लो गरी लगाउने र धेरै जसो जातहरू मध्यम र छोटो उचाइको हुने हुँदा ढल्ने खासै समस्या देखिदैन तर तिते फापरको केही जातहरू निक्कैं अग्लो हुने हुँदा र नाइट्रोजन बड़ी भएको अवस्थामा ढल्ने समस्या हुन्छ । यस्ता जातहरू हावाहुरीले ढल्ने हुँदा,हावाहुरीलाई छेक्ने व्यवस्था गर्नु पर्छ ।
दाना नलाग्ने: यो समस्या मिठे फापरमा मात्र देखिन्छ मिठेमा करिब १५५ फूलहरूमा मात्र दाना लाग्छ । तिते फापर स्वयं सेचन वाली भएकोले यो समस्या तिते फापरमा देखिदैन । मिठे फापरमा दाना लाग्न अन्य फूलको पराग चाहिने हुँदा एकै ठाउमा विभिन्न जातहरू मिसाएर लगाई पराग सेचकहरूको संख्यामा वृद्धि गरी यो समस्या समाधान गर्न सकिन्छ ।
बाली काट्ने र चुट्ने : फापर ६०-१५० दिनमा पाक्छ । काट्न ढिला भएमा दानाहरू झरेर जान्छ जसबाट २५-४०% सम्म नोक्सान हुन सक्छ । करिब ७५% दानाहरू खैरो, कालो वा मलिन खैरो रंग भए पछी काट्नु पर्छ । बिहानको समयमा काट्दा दाना झर्दैन र तुषारो पर्नु अगाडी नै बाली भित्र्त्याउनु पर्छ । घाममा सुकाए पछि घरको छानामा मुठोलाई फुकाएर खलियानमा वा आगनमा गुन्द्री या कपडामा राखेर लड्डीले चुटेर दानालाई पर्छ । चुटे पछि हावा लागेको बेला सुपोबाट भुस हटाउने चलन छ । भुस हटाउन नाग्लोको प्रयोग गरी तथा पंखाबाट पनि हटाउन सकिन्छ । दाना छुट्याईए पछि पुन १-२ दिन घाममा सुकाएर भण्डारणको लागि दानामा करिब १२५ भन्दा कम चिस्यान बनाउनु पर्छ ।
बीउ तथा अन्न उत्पादनः मिठे फापरको उत्पादन १२०० केजी प्रति हेक्टर र तिते फापरको १५०० केजी प्रति हेक्टर सम्म हुन्छ । तिते फापरले मिळेले भन्दा २०-२५% बढी उत्पादन दिन्छ। राम्रोसँग फापरको खेति गर्दा उत्पादन ३००० केजी प्रति हेक्टर सम्म हुने भए पनि नेपालमा फापरको उत्पादकत्व १११४ केजी प्रति हेक्टर रहेको छ ।
मुन्टा साग उत्पादन: तीन प्रजाति, तिते, मिठे रचन फापरको मुन्टालाइ सागको रुपमा तरकारी बनाएर खाइन्छ । तरकारीको लागि सानो सानो क्षेत्रमा विशेष गरी करेसाबारीमा वा कौसीमा लगाउने चलन छ । बीउ रोपेको २-३ हप्तामा नै मुन्टालाई सागको रुपमा प्रयोग गर्न सकिन्छ । केही जातहरू पहिलो मुन्टा टिपे पछि हाँगाहरू आउछ पुन मुन्टा टिप्न सकिन्छ । दोश्रो पटक मुन्टा नटिपेमा दाना उत्पादन पनि लिन सकिन्छ ।
पराल/नल : फापरको बोटबाट दाना छुट्याइएपछि बाँकी भाग जसलाई नल वा पराल भनिन्छ गाईवस्तुलाई खानको लागि वा सोत्तरको लागि वा बाल्नको लागि प्रयोग गरिन्छ । परालको उत्पादन करिव १-३ टन प्रति हेक्टर हुन्छ ।
बालीको भण्डारण तथा अन्य उत्पादनोपरान्त क्रियाकलापः खोष्टा सहितको दानालाई घाममा सुकाएर १ वर्ष सम्म साधारण घरमा राख्न सकिन्छ । दानालाई माटोको भाडामा, माटोले लिपेको काठ वा बासको भाडामा टिनमा, काठको बाकसमा वा थैंलोमा राख्न सकिन्छ । दानालाई हिमाली भेगमा खाल्डो खनेर पनि राख्ने चलन छ । खाल्डोमा दाना भण्डार गर्दा भोजपत्र प्रयोग गरी पानि नछिर्ने गरी छ, जुन ८-१० वर्षसम्म राख्न सकिन्छ । चिस्यान मापन यन्त्र प्रयोग गरी दानाको चिस्यान १०%भन्दा कम गरी हावा नछिर्ने गरी भण्डारण गरेमा ५-१० वर्ष सम्म भण्डारण गर्न सकिन्छ ।
फापरको उत्पादन पछी दानालाई घाममा सुकाए भण्डारण गरिन्छ । खानको लागि भण्डारण गरे पछि आवश्यक मात्रामा दाना निकाली पानी घट्टा वा मिलमा पिसानी गरी बोका खानेर फाल्नु पर्छ । उक्त पिठोबाट विभिन्न परिकार बनाएर खान सकिन्छ । फापरको उत्पदनोपरान्त गरिने कार्यहरूमा दाना सुकाउने, भण्डारण गर्ने, पिस्ने ने कुट्ने, विभिन्न परिकारहरू बनाउने, बिक्री वितरण गर्ने अन्य वस्तुसँग साटासाट गर्ने,प्याकिङ्ग तथा लेबेलिग गर्ने पर्दछ ।
प्रशोधनः दानालाई निफानेर, केलाएर तथा सफा गरेर अन्य वस्तुहरू हटाइन्छ । पिठो बनाउनको लागि पानी घट्ट वा जाँतो वा पावर मिल प्रयोग गरिन्छ । यसरी पिसिएको पिठोमा खोष्टा हुने हुँदा उक्त पीठीलाई चालेर खान योग्य पिठो बनाइन्छ । साधारणतया दानामा चार भागमा एक भाग जति भुस (पोष्टय) हुन्छ । दाना नै खाने वा बिक्री गर्ने भए खोष्टा सजिलैसँग हटाउन सकिने जात जस्तै भाते फापरको दानालाई खालमा कुटेर निफानी दाना छुट्याउने गरिन्छ । धेरै जसो जातको खोष्टा हटाउन कठिन हुने हुँदा अन्य देशमा खोस्टा हटाउने मेसिनको विकास गरी प्रयोगमा आएको देखिन्छ । धेरै नै तितो जात भए उक्त दाना वा पीठोलाई केही घण्टा (४-८) पानीमा भिजाएर राख्ने र पानी पहेलो रंगको भए पछि उक्त पानी फाल्ने जसले गर्दा तितो पना जान्छ । यसरी प्रशोधन गरिएको दाना वा पिठो बाट विभिन्न परिकार बनाउन सकिन्छ ।
मुख्य अभिवृद्धि तथा वस्तु विविधिकरण: स्थानीय स्तरमा फापरलाई भातको रुपमा, मुन्टा(कमलो काण्ड र पात) लाइ साग तरकारीको रुपमा अचार, चिया बनाएर सलादको रुपमा, सुकेको तरकारी, पिठोबाट रोटि दिडो, सुप, मातु, लगर, देसु डल्ला, च्याख्लालाई जांड, रक्सि आदि बनाएर खाने गरिन्छ । दानालाई भुटेर वा उसिनेर खाने चलन एक दमै न्यून छ | फापरको परिकारमा विविधता ल्याउन यसको पिठी वाट करिब १२ थरिको थप परिकार बनाउने कार्य भएको छ । ति परिकार हुन् चाउचाउकेक, नमकिन, बिस्कुट, कुकिज, पाउरोटी, मम, सुप, सेलरोटी, हलुवा, चिया र प्यान केक हुन् ।
बजारीकरण: मानिसहरूमा आएको स्वास्थ्य सम्बन्धका कारण फापरको बजार बढ्दो देखिन्छ । तै पनि नेपालमा फापरको कुनै निश्चित र अधिकारिक बजारको व्यवस्था छैन । उत्पादक स्थानीय बजार र केही ठूला बजारमा बिक्री गर्ने गर्छन् । बजारमा तिते फापरको पिठो पाउन सहज छैन । फापरको पिठोको माग बढी भएकोले यसको पिठोसँग कोदोको पिठो मिसाएर बेच्ने चलन छ जुन सुद्धको पिठो भन्दा २०-४० रुपया सस्तो हुन्छ । नेपाल बाट गत वर्ष २७०००० केजी फापर रु ५४१७००० मा भारत निर्यात भएको देखिन्छ । अन्य देशमा निर्यात तथा आयात भएको देखिदैन ।
बालीको पौंष्टिक तत्वको विश्लेषण: नेपालको दुवै तिते र मिठे फापरमा अन्य देशमा पाइने फापरको तुलनामा रुटिन बढी पाइने अनुसन्धानले देखाएको छ । फापरमा ग्लुटिन नहुने हुँदा यसको परिकारहरू ग्लुटिन र चिनी रहित भनेर बिक्री गर्ने चलन बढ्दो छ । पोषण तत्वमा जात भित्र पनि धेरै विविधता पाइन्छ।
औसतमा फापरमा १३.३%. प्रोटिन, १.३९%, खनिज पदार्थहरू तथा ३.४% चिल्लो पदार्थ पाइन्छ भने यसमा पाइने ७१.५% कार्बोहाइड्रेट मध्ये १०%पाच्य रेसा हुन्छ । फापरमा औषधीय गुण भएकोले यसको बजारमाग बढ्दो छ ।
समस्या तथा चुनौतीहरु
१. कम उत्पादन हुने र बोक्रा निकाल्न गाहों
२.बढी उत्पादन दिने जात र फापर समन्धी अन्य प्रनिधिहरुको विकास नहुन
३. दाना सानो हुने र पिठो कम पर्ने, मिठे फापरमा न्यून मात्रामा दाना लाग्ने
४. मेशिनरी प्रयोग गरी व्यवसाहिक खेति गर्न नसकिएको
५.तितो पन बढी
६. भर पर्दो बजारको अभाव र बजार भए पनि टाढा टाढा मात्र
७. तुषारो र चिसोले उत्पादनमा असर गर्नु
८ कृषि शिक्षामा फापरवाली महत्व, उपयोगिता आदि विषय समेटिन नसक्नु
स्रोत:- कृषि तथा पशुपक्षि विकास मन्त्रालय
लेखक: डा. बालकृष्ण जोशी