ताजा खबर

कालिमाटी बजारमा कुन तरकारी सस्तो र कुन महँगो ? (सूचीसहित)

14 hours ago

17 views

कालिमाटी बजारमा कुन तरकारी सस्तो र कुन महँगो ? (सूचीसहित)

साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपैयाँ र अधिकतम ५० रुपैयाँ तोकिएको छ । सानो लोकल गोलभेडा न्यूनतम १५ देखि अधिकतम २० रुपैयाँ र टनेलको सानो गोलभेडा २७ देखि ३९ रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी, रातो आलु (लाम्चो) को मूल्य ४५ देखि ४८ रुपैयाँ, रातो आलु (गोलो) ४५ देखि ४७ रुपैयाँ, मुडेको रातो आलु ४४ देखि ४८ रुपैयाँ र भारतीय रातो आलु ३३ देखि ३५ रुपैयाँ कायम गरिएको छ । सेतो आलु भने प्रतिकिलो ३० देखि ३५ रुपैयाँमा बिक्री भइरहेको छ ।

यसैगरी, भारतीय सुकेको प्याज ५४ देखि ५७ रुपैयाँ, लोकल गाजर ९० देखि ११० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँमा उपलब्ध छ । यस्तै, लोकल बन्दा २० देखि ३० रुपैयाँ र स्थानीय काउली ८० देखि १०० रुपैयाँमा पाइन्छ । लोकल काक्रो ५० देखि ७० रुपैयाँ, हाइब्रीड काक्रो १५ देखि २५ रुपैयाँ र लोकलक्रस काक्रो ५० देखि ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यसैगरी, रातो मूलाको मूल्य २५ देखि ३० रुपैयाँ र हाइब्रीड सेतो मूला १५ देखि २५ रुपैयाँ तोकिएको छ । लाम्चो भन्टा ४० देखि ५० रुपैयाँ, डल्लो भन्टा ५० देखि ६० रुपैयाँ, तने बोडी १०० देखि १२० रुपैयाँ र मकै बोडी ६० देखि ७० रुपैयाँमा उपलब्ध छ । लोकल र हाइब्रीड घिउ सिमी दुवै प्रतिकिलो ११० देखि १३० रुपैयाँमा बिक्री भइरहेका छन् । यस्तै, टाटे सिमी ८० देखि ९० रुपैयाँ र भटमासकोशा ९० देखि १०० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, तितो करेला ६० देखि ७० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ, लोकल र तराईको परवर ४० देखि ६० रुपैयाँ, चिचिण्डो ३० देखि ४० रुपैयाँ र घिरौला ९० देखि १०० रुपैयाँमा पाइन्छ । यस्तै, झिगूनी ७० देखि ८० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो डल्लो फर्सी ६० देखि ७० रुपैयाँ, भिण्डी ७० देखि ८० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ५० देखि ६० रुपैयाँमा उपलब्ध छ ।

सागपाततर्फ रायो साग प्रतिकिलो १५० देखि २०० रुपैयाँ, पालूगो साग १०० देखि १२० रुपैयाँ, तोरीको साग १०० देखि १२० रुपैयाँ र हरियो प्याज ८० देखि १०० रुपैयाँ तोकिएको छ । त्यसैगरी, जिरीको साग ९० देखि १०० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ, पार्सले ४०० देखि ५०० रुपैयाँ, सौफको साग १०० देखि १२० रुपैयाँ, पुदीना २५० देखि ३०० रुपैयाँ र गान्टे मूला १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ ।

यसैगरी, कन्य च्याउ २४० देखि २८० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँमा पाइन्छ । यस्तै, कुरीलो ३०० देखि ४०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ११० देखि १२० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ र रातो बन्दा ३० देखि ४० रुपैयाँ कायम गरिएको छ ।१६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँ तोकिएको छ । 

फलफूलमा फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० देखि ३०० रुपैयाँ, मालभोग केरा १८० देखि २०० रुपैयाँ, कागती १८० देखि २२० रुपैयाँ र अनार ४५० देखि ५०० रुपैयाँमा उपलब्ध छ ।

त्यसैगरी, मालदह र दसहरी आँप प्रतिकिलो १६० देखि १८० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ, भुई कटहर प्रतिकोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर ४० देखि ५० रुपैयाँ र लोकल नासपाती १०० देखि १२० रुपैयाँमा पाइन्छ । नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा बिक्री भइरहेको छ ।

यसैगरी, अदुवा प्रतिकिलो २०० देखि २३० रुपैयाँ र सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ तोकिएको छ । हरियो खुर्सानीतर्फ लाम्चो ५० देखि ६० रुपैयाँ, बुलेट ४० देखि ५० रुपैयाँ, माछे ६० देखि ७० रुपैयाँ र अकबरे खुर्सानी १५० देखि २५० रुपैयाँमा उपलब्ध छ । यस्तै, भेडे खुर्सानी ६० देखि ७० रुपैयाँ, हरियो लसुन १०० देखि १२० रुपैयाँ र हरियो धनिया २०० देखि ३०० रुपैयाँमा पाइन्छ ।सुकेको चाइनिज लसुन २०० देखि २४० रुपैयाँ, सुकेको नेपाली लसुन १८० देखि २०० रुपैयाँ र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । 

माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २८० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?