कृषिप्रधान देश नेपाललको कुल जनाशंख्याको करिब ८० प्रतिसत बसोबास रहेको ग्रामीण क्षेत्रको अर्थतन्त्र संग जोडिएर आउने कृषि, पशुपालन, कृषि पर्यटन, घरेलु तथा साना उद्योग, ब्यापार इत्यादि बाट निर्मित ग्रामीण अर्थतन्त्रलाइ आधुनिकीकरण गर्दै दिर्घकालिन संरक्षणमा कृषि यान्त्रीकरणको भूमिका पनि महत्वपूर्ण हुने देखिन्छ । ग्रामीण क्षेत्रमा अहिले जे जस्ता समस्याहरु देखिएका छन् त्योभन्दा बढी अवसरहरु पनि रहेका छन् । स्वस्थ सरल जीवनशैली युक्त ग्रामीण परिवेशलाई आधुनिक प्रबिधि, कृषि मैत्री पूर्वाधार बिकाश, कृषिमा विविधिकरण र कृषि पर्यटनको माध्यमबाट अझ आकर्षक बनाउन सकिने देखिन्छ। सहरी अर्थतन्त्रको सहयोगी अझ भनौ भने सहरी अर्थतन्त्र संकट पर्दा सम्झना गरिने ग्रामीण क्षेत्रलाई युगौयुग बचाई राख्न कृषिमा आधारित ग्रामीण अर्थतन्त्र समयानुकुल सुधार गर्न, कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न आधुनिक कृषि विज्ञानलाई आत्मसात गर्दै कृषिको आधुनिकीकरण, बिस्तार, आवस्यक ज्ञान सिप र तालिमको ब्यबस्था संगै, कृषि उपज÷बस्तुको खरिद–बिक्रि ब्यबस्थापन र ग्रामीण रोजगारीको ब्यबस्थापन गर्दैजानु अहिलेको आवस्यकता भएको छ ।
कृषि यान्त्रीकरणको माध्यमबाट लागत तथा उर्जाको बचत गर्न सकिन्छ
नेपालको कृषि क्षेत्रको कुरागर्दा कृषिभूमि खण्डित हुनु, सिमित व्यवसायिकता, युवाको न्यून आकर्षण, आन्तरिक बसाइसराई, कृषि मजदुर अभाव, उच्च लागत खर्च, न्यून उत्पादन तथा उत्पादकत्व, आधुनिक प्रबिधि÷यान्त्रिक प्रविधिको न्यून प्रयोग जस्ता बिशेषता वा समस्यायुक्त रहेको पाइन्छ । यधपी यी समस्याहरुका बाबजुत कृषि यान्त्रीकरणको महत्व नीति निर्माता तथा राजनैतिक स्तरमा महशुस हुनु सुख को कुरा हो । कृषि यान्त्रीकरणको माध्यमबाट कृषिमा प्रयोग हुने कृषि सामग्रीको दक्षता अभिवृद्धि हुने, महिलाको श्रमभार कम गर्न सकिने र नेपाली कृषिलाई विविधिकरण गर्न सकिने हुन्छ । कृषि यान्त्रीकरणको माध्यमबाट लागत तथा उर्जाको बचत गर्नुको साथै समयको बचत र समयमै कृषि कार्य सम्पन्न गर्न सकिने र यसबाट ग्रामीण कृषिलाई मुल्य लागत र गुणस्तरको हिसावले प्रतिस्पर्धी बनाउन सकिन्छ । बढ्दो ज्यालादरले बढ्दो लागत खर्च, बसाइसराइ, बैदेशिक रोजगारीको कारण महिला उपस्थिति बढी भएको ग्रामीण क्षेत्रमा, कृषि मजदुरको अभावलाई परिपूर्ति गर्दै थप आयआर्जनका अवसरहरु सिर्जना गर्दै बदलिदो परिस्थिति (जनशंख्या,बजार माग, प्रतिस्पर्धा) अनुरुप कृषिमा रुपान्तरण गर्नेहो भने महिलामैत्री कृषि यान्त्रीकरण अपरिहार्य भएको छ ।
कृषि यान्त्रीकरणमा प्रयोग हुने प्रविधिले कृषि उत्पादन ब्रिधि मात्र नगरी रोजगारीमा ब्रिधि, गैर कृषि क्रियाकलापमा बिकाश र ब्रिधि हुने, ग्रामीण क्षेत्रमा साना किसान, भुमिबिहिन सबैलाई फाइदाका अवसरको सिर्जना गर्ने, ग्रामीण परिवारलाई आवस्यक मात्रामा गुणस्तरीय खाधान्न बिधि गर्ने, ग्रामीण सिप/अनुभव र जागरुकता संगै ग्रामीण उधमशिलता अभिब्रिधि गरि सामाजिक/संस्थागत संरचनमा परिवर्तन, ब्यापारिक क्रियाकलाप संगसगै नव पर्वतन क्रियाकलाप उन्मुख कृषि लाइ पनि टेवा दिएको हुन्छ। कृषि यान्त्रीकरण केवल कृषि प्रबिधि मात्र नभई ग्रामीण क्षेत्रको प्राबिधिक परिवर्तनको सजिलै बुझिने वा देखिने अंश पनि हो। बिकाशको परम्परागत परिभाषामा कृषिको बिकाश र यान्त्रीकरण लाइ समाविस्ट गरि ग्रामीण विकास लाइ बुझ्नु पर्ने भएको छ ग्रामीण क्षेत्रको प्रमुख धनको श्रोत नै कृषि हो भने यसको उत्पादन, उत्पादकत्व र समग्र कृषिको बिकाश नभई ग्रामीण विकास कसरी होला ?
ग्रामीण क्षेत्रमा उपर्युक प्रविधिको पहुँच पुर्याउनु एउटा विकल्प
ग्रामीण उत्पादनलाई राम्रोसंग ब्यबस्थापन गर्ने, बजारीकरण, प्लास्टिकका सामग्रीको सट्टा कृषिमा आधारित ग्रामीण उत्पादन/हस्तकला सामाग्रीको आन्तरिक बजारमा पहुच पुराउने हो भने ग्रामीण अर्थतन्त्र सबल हुन सक्छ। ग्रामीण क्षेत्रमा उपर्युक प्रविधिको पहुच ब्रिधि गरि उजाड हुदैगरेको कयौ बस्तीलाई खेतिपतिले हरियाली पार्न सकिन्छ । अहिले केहि ग्रामीण क्षेत्रमा पहिलेको जस्तो कृषि पद्दति पनि त छैन नि ! गोरुको ठाउ मिनी टिलरले केहि घन्टामै खेतबारी जोत्ने, पानि तान्ने, भुषा काट्ने, छुट्ने, कुटानी पिसानी प्रबिधिको उपयोग देखि कृषि उद्दमको पनि बिकाश भएको छ । सरकारले अबलम्बन गरेको ब्यापार नीतिले कृषि मेशिनारिको आयात लाइ प्रोत्साहन गरेकोले मेशिनारिको उपलब्धता बढेको छ, अनुदान नीतिले ग्रामीण क्षेत्रमा मिनी टिलर, स्प्रेयर, थ्रेषर मेशिनको इत्यादि यन्त्रको प्रयोगले गाउको परम्परागत शैलीनै प्ररिवार्तन गरिदिएको छ । यसले ग्रामीण कृषिलाई सहज र आधुनिकीकरण तर्फ लागेको छ। अब नीति निर्माताहरुले पनि ग्रामीण अर्थतन्त्रलाई कसरि संरक्षण गर्ने भन्ने तर्फ कार्यक्रम र योजना बनाउन ढिलो गर्नु हुदैन, ग्रामीण क्षेत्रको कृषि अर्थतन्त्रले उछिन्न लागेको छ जुन दिगो र राम्रो हुदै होइन । अर्गानिक र पर्यावरणमैत्री ग्रामीण क्षेत्रका कृषि उपजहरुको बजारीकरण गर्न सक्यो धेरै फाइदा हुने देखिन्छ। कृषि सहकारी संस्थाहरु मार्फत कृषि यान्त्रीकरणमा ठुलो योगदान पुराउन सकिन्छ। ग्रामीण क्षेत्रमा उपर्युक्त प्रबिधि, साना मेशिनरी, भाडामा औजार उपलब्ध हुने ब्यबस्था, सामुहिक खेति, करार खेति, चक्लाबन्दी र कृषि औजार मर्मत सम्भारको सुबिधा उपलब्ध गराउने तर्फ ध्यान दिने हो भने ग्रामीण कृषि यान्त्रीकरण दिगो हुने र ग्रामीण अर्थतन्त्र सब हुने देखिन्छ ।
अन्त्यमा
ग्रामीण अर्थतन्त्रलाई कृषि यान्त्रीकरणको माध्यमबाट विकसित र ब्यबस्थित गर्न सकियो भने स्थानीय स्तरमा धेरै रोजगारका अवसर सिर्जना हुनसक्ने, आन्तरिक बसाइसराइ कम हुने, राज्यको अर्थतन्त्रको महत्वपूर्णसहयोगी ग्रामीण अर्थतन्त्रलाइ जोगाउन सक्ने एक उपाय पनि हुनसक्छ । शहरमा संकट आउदा कामलाग्ने वा फर्किने गाउलाई जीवित राखे पो फेरी फर्कन मिल्ला कि ?
लेखक गंगा राम भण्डारी नेपाल कृषि अनुसन्धान परिषदमा वैज्ञानिकको रुपमा समेत रहेका छन् ।