ताजा खबर

मौलिकता र मौलिक संस्कृति जोगाउँदै होमिस्टे

8 months ago

133 views

मौलिकता र मौलिक संस्कृति जोगाउँदै होमिस्टे

जीविकोपार्जन गर्ने आधारका रूपमा रहेको होमस्टेका कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्छ

तिलक ढकाल
अध्यक्ष, रैथाने एग्रि प्रडक्ट्स प्रा.लि.

ग्रामीण पर्यटन, मौलिक कला, संस्कृति, भेषभूषाको जगेर्नासँगै स्वरोजगारमा होमस्टे

पाहुनालाई सत्कार गर्ने नेपाली चलनले स्थानीय स्तरमा रोजगारी र पर्यटनको सम्भावना बढाउँछ । त्यसका लागि घरमा पाहुनालाई स्वागत गर्ने होमस्टेको महत्व छ । होमस्टे ग्रामीण रूपान्तरणको एउटा बलियो आधार हुन सक्छ । नेपालको ग्रामीण रूपान्तरण नै देश विकासको आधार हो र यसका लागि होमस्टे र रैथाने बाली प्रवद्र्धन दुई बलिया आधार हुन् । होमस्टेमा यसमा तीन वटा विषयलाई प्राथमिकता दिइएको देखिन्छ । पहिलो, ग्रामीण पर्यटन प्रवद्र्धन, दोस्रो, मौलिक कला, संस्कृति, वेशभूषाको जगेर्ना र तेस्रो, स्वरोजगारको बढावा ।

 खाना पर्यटन सम्भावना भएको क्षेत्र

स्थानीयलाई आयआर्जन हुने यस्ता सजिला उपायको श्रोत पनि बन्छ हाेमिस्टे । अब हरेक समुदायको खाना पर्यटन प्रवद्र्धन हुनुपर्छ । खाना पर्यटन सम्भावना भएको क्षेत्र पनि हो । पर्वतारोहण र वन्यजन्तुलाई मात्र पर्यटन भन्दै आयौं, अब बुझाइको दायरा फराकिलो पार्नुुपर्छ ।

खानपानको संस्कृति हुनु सौम्य शक्ति  हो

देशका भौगोलिक र सांस्कृतिक विविधतासँगै हामीसँग खानपान, कला, संस्कृति लगायत क्षेत्रमा पनि विविधता छ । नेपालमा १२५ भन्दा बढी जातजातिको खाना संस्कृति उपलब्ध छ। देशमा जति समुदाय छन्, त्यति नै खानपानको संस्कृति हुनु सौम्य शक्ति पनि हो । यसलाई पर्यटन विस्तारको माध्यम बनाउनुपर्छ । त्यसका लागि शुरूआतमा चाहिन्छ, होमस्टे । युवाले गाउँमै अवसर देखे भने विदेश जाँदैनन् होला, केही युवा त गाउँमै बस्लान् नि ?

जहाँ होमस्टे छ, त्यहाँ प्रकृति राम्रो छ

गाउँ गाउँमा होमस्टे विस्तार हुँदा एकातिर मान्छेको जीवनस्तर राम्रो हुन्छ । अर्कातिर, पाहुना त्यहाँ घुम्न आउँदा प्रकृति जोगाउनुपर्ने सन्देश पनि जाने संरक्षणकर्मीको भनाइ छ । अहिले होमस्टे भएका ठाउँको अवस्था हेर्दा पनि त्यस्तो देखिएको छ । जहाँ होमस्टे छ, त्यहाँ प्रकृति राम्रो छ । वातावरण राम्रो छ ।
अर्को सकारात्मक पक्ष हो, सामाजिक सद्भाव ।

पारिवारीक र सामाजिक सदभाव

पाहुना आएर घरमा बस्ने भएपछि घरेलु झैझगडा पनि कम भएको पाइएको छ । पाहुना बसेका वेला घरझगडा हुँदो गुनासो गर्लान् भन्ने डर हुन्छ । त्यसको प्रचार हुँदा समुदायमा पर्यटक आए पनि आफ्नोमा नआउलान् भन्ने पीर पनि देखिएको छ । रिस उठेको छ भने पनि शान्त भएर पाहुनाको सत्कार गर्नुपर्दा बूढाबूढीबीच झगडा कम हुन थालेको अनुभव महिला दिदीबहिनीले सुनाउँदा म त दंगै परें ।

होमस्टेका कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्छ

होमस्टेको विकाससँग कृषि विकास पनि अवश्य जोडिन्छ । लोकल कुखुरा, ढिंडो लगायत परिकार होमस्टेको विशेषता भएकाले रैथाने कृषि उपजको प्रवद्र्धन भैरहेको छ । मौलिकता र मौलिक संस्कृति जोगाउँदै जीविकोपार्जन गर्ने आधारका रूपमा रहेको होमस्टेका कमीकमजोरी सुधार्दै अघि बढ्नुपर्छ ।

तिलक ढकाल रैथाने एग्रि प्रडक्स्टका अध्यक्ष रहेका छन् भने उनी होमस्टे महासंघका सल्लाहकारसमेत रहेका छन्, उनले रैथाने बाली प्रमोसन गर्दै हाम्रा उपजलाई ब्राण्डिङ गर्दै सम्भावना खोज्नुपर्छ भन्ने अभियानलाई जगाँउदै रैथाने हाटबजारका माध्यमबाट उपभोक्ता र किसानहरुलाई सँगै जोडेर लान सकिन्छ समेत भनेर रैथाने कृषि हाट बजारलाई समेत तिव्र गतिमा विस्तारमा लागिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?