प्याज निकै पुरानो बाली मध्येमा पर्दछ । भारतीय उप/महादेशमा पाँच हजार वर्ष अघिदेखि यसको खेती गरिएको अनुमान छ। पोषण र स्वास्थ्यको दृष्टिले प्याज धेरै उपयोगी मानिन्छ। प्याजलाई तरकारीका रूपमा खानुभन्दा सलादका रूपमा खान बढी फाइदाजनक हुन्छ । प्याजमा भिटामिन 'ए', 'बी' कम्प्लेक्स र 'सी' लगायत मानव शरीरका लागि आवश्यक पर्ने 'सल्फर', 'क्याल्सियम' र फलामजस्ता खनिज तत्वहरू प्रशस्त पाइन्छन्। प्याजको रस पेट दुखेको कम गर्न, पाचन प्रक्रिया बढाउन र चिसोका कारण हुने रुघा-खोकीबाट शरीरलाई बचाउन पनि लाभदायक हुन्छ।
त्यसैगरी प्याजको नियमित सेवनले विभिन्न किसिमका क्यान्सर रोग लाग्ने सम्भावना कम गर्न र रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न मद्दत गर्दछ भने छाला र कपाल स्वस्थ राख्न पनि प्याज उपयोगी हुन्छ। प्याजमा उपलब्ध हुने क्वेरसेटिन (Quercetin), थायोसल्फीनेट (Thiosulfinate), सल्फाइड्स (Sulfides) र एन्थोसाइनीन (Anthocynin) नामका रसायनहरूले मुख्य रूपमा शरीरमा रोगसँग लड्ने क्षमता बढाउन मद्दत गर्दछन्। प्याजमा भएको अलिलप्रोपायलडाइसल्फाइड (Allyl propyl disulfide) नामक रसायनले गर्दा प्याज काट्दा आँखा पोल्ने हुन्छ तर पकाउने क्रममा सो रसायन उडेर जान्छ। साधारणतयाः साना गाना भएका र बढी रातो रङ्गका प्याजमा पहेँलो र सेतो प्याजमाभन्दा बढी पोषक तत्व र स्वास्थ्योपयोगी रासायनिक पदार्थ पाइन्छन्।
प्याजको महत्व बुझ्दै गएकाले र खानपानमा व्यवहार परिवर्तन हुँदै गएका कारणले हुन सक्छ पछिल्ला वर्षहरूमा नेपालमा प्याजको माग अत्याधिक बढ्दै गएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार आ.व. २०७५।७६ मा कुल २०,९०८ हेक्टर क्षेत्रफलमा प्याज खेती गरिएको, सरदर उत्पादकत्व १३.९ मे. टन प्रति हेक्टर रहेको र कुल २ लाख ९१ हजार मे.टन प्याज उत्पादन भएको थियो।
छिमेकी देशहरू भारत, भुटान र चीनमा प्याजको उत्पादकत्व क्रमशः १८.७, २१.५ र २२.१ टन प्रति हेक्टर रहेको छ। यी छिमेकी देशहरूको तुलनामा नेपालमा प्याजको उत्पादकत्व निकै कम रहेको हुँदा कुल राष्ट्रिय उत्पादन बढाउन थप जमिनमा खेती गर्नुका साथै नयाँ-नयाँ प्रविधिको विकास तथा प्रयोगका साथै अन्य उत्पादन सामग्रीहरू मुख्यतः सिँचाइ, मलखाँद र रोग किरा व्यवस्थापनमा ध्यान दिई प्रति इकाई जमिनको उत्पादकत्व बढाउनु पनि उत्तिकै आवश्यक छ र भण्डारण लगायत बाली उत्पादनोपरान्तका क्रियाकलापहरूमा पनि ध्यान दिन जरुरी देखिन्छ ।
प्याज मुख्यतः भारत र चीनबाट आयात हुने गरेको छ भने सानो परिमाणमा इजिप्ट र टर्कीबाट पनि आयात हुने गरेको देखिन्छ । प्याज जस्तो एउटा सामान्य मसला बालीको आयातमा वर्षेनी चार।पाँच अरब रकम विदेशीनु नेपाल जस्तो कृषि प्रधान देशका लागि सुहाउने कुरा होइन। त्यसो त ज्यादै सानो परिमाणमा किन नहोस् हाम्रो देशबाट प्याज निर्यात पनि हुने गरेको छ। आ.व. २०७५-७६, २०७६-७७ र २०७७-७८ को जेठ मसान्तसम्ममा क्रमश: १८.९, १५.८ र ३.२ टन प्याज निर्यात भएको थियो । त्यसैले मुख्यतः आयात प्रतिस्थापन गर्न र निर्यातको अवसर उपयोग गर्न हाम्रो देशमा प्याजको उत्पादन बढाउन जरुरी छ र उत्पादन बढाउने राम्रो सम्भावना पनि छ।
नेपालमा उत्पादन भएको प्याजले उपभोक्ताको बढ्दो माग धान्न नसके कै कारण सालिन्दा विदेशबाट ठूलो परिमाणमा प्याज आयात हुने गरेको छ । आ.व. २०६५-६६ मा ५१ करोड मूल्य बराबरको प्याज आयात गरिएको थियो भने आ.व. २०७५-७६ मा ५ अर्ब ६२ करोड २५ लाख रुपैयाँ बराबरको एक लाख ७८ हजार ४६८ टन प्याज आयात गरिएको थियो । त्यसै गरी आ.व. २०७६-७७ मा ४ अर्ब २२ करोड ४६ लाख रूपयाँ बराबरको प्याज आयात भएको थियो भने आ.व. २०७७-७८ को जेठ मसान्तसम्म (११महिना) मा कुल ४ अर्ब ४१ करोड ८३ लाख रूपयाँ बराबरको प्याज आयात भएको कुरा हाम्रो भंन्सार विभागको तथ्याङ्कले देखाउँछ । (तालिका १)
आ.व. | टन | रु '००० मा |
२०७७-७८ को जेठ मसान्तसम्म (११महिना) | ११४३०४ | ४४१८३१८ |
२०७६-७७ | १०६८३५ | ४२२४६५८ |
२०७५-७६ | १७८४६८ | ५६२२५३३ |
स्रोतः https://customs.gov.np/page/statistics
प्याज मुख्यतः भारत र चीनबाट आयात हुने गरेको छ भने सानो परिमाणमा इजिप्ट र टर्कीबाट पनि आयात हुने गरेको देखिन्छ । प्याज जस्तो एउटा सामान्य मसला बालीको आयातमा वर्षेनी चार।पाँच अरब रकम विदेशीनु नेपाल जस्तो कृषि प्रधान देशका लागि सुहाउने कुरा होइन। त्यसो त ज्यादै सानो परिमाणमा किन नहोस् हाम्रो देशबाट प्याज निर्यात पनि हुने गरेको छ। आ.व. २०७५-७६, २०७६-७७ र २०७७-७८ को जेठ मसान्तसम्ममा क्रमश: १८.९, १५.८ र ३.२ टन प्याज निर्यात भएको थियो । त्यसैले मुख्यतः आयात प्रतिस्थापन गर्न र निर्यातको अवसर उपयोग गर्न हाम्रो देशमा प्याजको उत्पादन बढाउन जरुरी छ र उत्पादन बढाउने राम्रो सम्भावना पनि छ।
नेपालमा प्याज खेतीको मुख्य याम मङ्सिरदेखि वैशाख हो। यसलाई मौसमी उत्पादन पनि भनिन्छ। वैशाख।जेठमा तयार भएका प्याजका गाना साधारणतयाः साउनसम्म बजारमा उपलब्ध हुन्छन्। प्रशस्त उत्पादन नगरिनु, राम्रो भण्डारण प्रविधिको अभाव हुनु अनि वर्षा, बढी आर्द्रता र बढी गर्मीका कारण वैशाख-जेठमा खनिएको प्याजमा छिटो टुसा पलाउने, चाउरी पर्ने र कुहिने आदि समस्याका कारणले गर्दा भदौदेखि बजारमा प्याजको आपूर्ति कम हुन गई भाउ बढ्न थाल्द छ र असोज/कात्तिकमा प्याज निकै महँगो हुन्छ। त्यस बेला बाहिरबाट आयात हुने प्याजको परिमाणले मूल्य कति बढी हुने भन्ने कुरा निर्धारण गर्दछ ।
हाम्रो देशमा असोजदेखि फागुनसम्म प्याज निकै महंगो हुने गरेको छ । अन्य समय प्रतिकिलो रु। ५०, ६० मा पाइने प्याजको मूल्य बढ्दै गएर त्यस समय प्रतिकिलो रु। २५० सम्म पुग्ने गरेको छ। त्यस बेला चाडवाडको समय र जाडोको पनि समय पर्ने भएकाले प्याजको खपत बढी हुनु र माग बढ्नु स्वभाविक हुन्छ । असोजदेखि फागुनसम्म प्याजको आपूर्ति बढाउन सकिन्छ । यसका लागि उत्पादन सामग्रीहरू मुख्यतः स्वस्थ बीउ बीजन, सिँचाइ, मलखाँद, बाली संरक्षण, भण्डारणका पूर्वाधार आदिको उचित व्यवस्थापन र किसानहरूलाई आवश्यक प्राविधिक सेवाका साथमा प्याजको उचित मूल्यको सुनिश्चितता गर्न जरुरी हुन्छ ।
यसै कारणले गर्दा वैशाख/जेठमा गरिने उत्पादनबाहेक अन्य समय (मुख्यतः कात्तिक/मङ्सिर)मा प्याज उत्पादन गर्न सकिने सम्भावनाको खोजी गर्न जरुरी थियो र केही हदसम्म सम्भावनाका खोजी पनि भयो। जसअनुसार, पाखो बारीमा वर्षायाममा प्याज रोपेर कात्तिक-मङ्सिरमा गानो उत्पादन गर्ने प्रविधिको विकास करिब दुई दशक अघि नै भएको हो । प्याजको उत्पादन तथा उत्पादकत्व बढाएर पूर्ण रूपमा आयात प्रतिस्थापन गर्न थप प्रविधिहरूको विकास तथा प्रसार गर्न जरुरी छ तर केही मात्रामा उत्पादन तथा उत्पादकत्व बढाएर आयात घटाउदै जान हाल उपलब्ध प्रविधिहरूबाटै सम्भव छ ।
हाम्रो देशमा असोजदेखि फागुनसम्म प्याज निकै महंगो हुने गरेको छ । अन्य समय प्रतिकिलो रु. ५०, ६० मा पाइने प्याजको मूल्य बढ्दै गएर त्यस समय प्रतिकिलो रु. २५० सम्म पुग्ने गरेको छ। त्यस बेला चाडवाडको समय र जाडोको पनि समय पर्ने भएकाले प्याजको खपत बढी हुनु र माग बढ्नु स्वभाविक हुन्छ । त्यसैले असोजदेखि फागुनसम्म प्याजको आपूर्ति बढाउने कुरालाई महत्वपूर्ण रूपमा लिनु पर्दछ।
प्याज उत्पादन गर्ने समयमा विविधिकरण गर्दै सिँचाइ, मलखाँद तथा रोग कीरा व्यवस्थापनको सुनिश्चितता गरेर र भण्डारण लगायत बाली उत्पादनोपरान्तका क्रियाकलापहरूमा आवश्यक ध्यान दिएमा प्याज खेतीमा किसानहरूलाई आकर्षण गर्न सकिन्छ । असोजदेखि फागुनसम्म प्याजको आपूर्ति बढाउन सकिन्छ । यसका लागि उत्पादन सामग्रीहरू मुख्यतः स्वस्थ बीउ बीजन, सिँचाइ, मलखाँद, बाली संरक्षण, भण्डारणका पूर्वाधार आदिको उचित व्यवस्थापन र किसानहरूलाई आवश्यक प्राविधिक सेवाका साथमा प्याजको उचित मूल्यको सुनिश्चितता गर्न जरुरी हुन्छ ।
त्यसपछि उत्पादन गर्ने समयमा विविधिकरण गर्ने कार्यलाई पहिलो महत्वपूर्ण कडीका रूपमा लिनु पर्दछ। उत्पादन गर्ने समयमा विविधिकरण गर्ने कुराका लागि तालिका २, ३ र ४ हेरौं । तराईदेखि मध्य पहाडसम्म कात्तिक/मङ्सिरमा बीउ जमाएर वैशाखदेखि असारसम्म उत्पादन गर्ने र उच्च पहाडी क्षेत्रमा फागुन/चैतमा बीउ जमाएर साउन-भदौमा उत्पादन गरिने प्याजलाई मौसमी प्याज भनिन्छ (तालिका २)।
हालसम्म यही मौसमी उत्पादन र त्यो पनि उच्च पहाडी क्षेत्रमा ज्यादै कम प्याज खेती गरिनुले गर्दा वैशाख/जेठमा उत्पादित प्याजले मात्र बजार माग पुरा गर्न खोजिएको अवस्था छ । तर त्यसो गर्न सम्भव छैन र तालिका २, ३ र ४ मा दिए अनुसार प्याज उत्पादन गर्ने समयमा विविधिकरण गर्नै पर्दछ । जसका लागि मुख्य कुरा भनेको उच्च पहाडी क्षेत्रमा प्याज खेती बढाई साउन-भदौमा प्याजको उत्पादन बढाउने र कात्तिक-मङ्सिरमा उत्पादन गरिने बेमौसमी प्याज खेतीको क्षेत्रफलमा वृद्धि गरी कात्तिकदेखि पुषसम्म प्याजको उत्पादन बढाउनु हो ।
तालिका २: भौगोलिक क्षेत्र अनुसार मौसमी प्याज लगाउने र उत्पादन लिने समय तालिका
भौगोलिक क्षेत्र | बीउ जमाउने समय | बेर्ना सार्ने समय | गानो खन्ने समय |
तराई तथा भित्री/मधेस | कात्तिक-मङ्सिर | मङ्सिर-पुष | मध्य चैत-वैशाख |
मध्य पहाड | कात्तिक-मङ्सिर | मङ्सिर-पुष | वैशाख-जेठ |
उच्च पहाड (श्र१८०० मि) | फागुन-वैशाख सुरु | वैशाख-जेठ |
साउन भदौ |
असारमा बीउ जमाएर साउन-भदौमा बेर्ना सार्ने र कात्तिकदेखि पुससम्म उत्पादन गरिने प्याज बालीलाई बेमौसमी प्याज भन्ने गरिएको छ। बेमौसमी प्याज खेती दुई तरिकाबाट गर्न सकिन्छ। पहिलो, बीउबाट बेर्ना तयार गरी उक्त बेर्ना सारेर गरिने खेती (तालिका ३) र दोस्रो, गुच्चाजत्रास।सानाप्याजकागानो (सेट) वैशाख।जेठमा उत्पादन गरी तिनै सेटलाई साउन।भदौमा रोपेर गरिने खेती (तालिका ४)।
त्यसै गरी प्याजको गानोको सट्टा प्याजको सागले पनि कहिलेकाँही गर्जोटार्न सकिने हुँदा प्याजको साग उत्पादनमा पनि ध्यान दिन आवश्यक छ। साउन तथा भदौ सुरुसम्म रोपेको सेटबाट ३५ देखि ५० दिनमा साँग उखेल्न सकिन्छ भने प्याजको बेर्ना सारेको ७०-८० दिनमा साग तयार हुन्छ (तालिका ३ र ४)। त्यसकारण, सडक यातायातको राम्रो सुविधा भएको र ठूला सहर बजारको नजिक रहेका किसानहरूले प्रशस्त प्याजको हरियो साग उत्पादन तथा बिक्री गर्न पनि आवश्यक छ।
तालिका ३: भौगोलिक क्षेत्र अनुसार बेमौसमी प्याजको बीउ जमाउने, बेर्ना सार्ने र उत्पादन लिने समय
भौगोलिक क्षेत्र | बीउ जमाउने समय | बेर्ना सार्ने समय | साग टिप्ने समय | गानो खन्ने समय |
तराईतथाभित्रीमधेस(६०० मि सम्म) | असारको तेस्रो चौथो हप्ता | भदौको पहिलो-दोस्रोहप्ता | बेर्नासारेको ६५ देखि ८० दिन | कात्तिक-मङ्सिर |
मध्य पहाड(६००-१५०० मि) | जेठ अन्तिमबाट असारको दोस्रो हप्ता | साउन सुरुदेखि भदौ सुरुसम्म | बेर्ना सारेको ६५ देखि ८०दिन |
मङ्सिर-पुष |
तालिका ४: भौगोलिक क्षेत्र अनुसार सेटबाट प्याजको साग तथा गानो उत्पादन गर्ने समय
भौगोलिक क्षेत्र | बीउ जमाउने समय | सेट उखेल्ने समय | सेट रोप्ने समय | साग टिप्ने समय | गानो खन्ने समय |
तराई तथा भित्रीमधेस (६०० मि सम्म) | पुष | वैशाख-जेठ | साउनअन्तिमबाट मध्य भदौसम्म | सेट रोपेको ३५ देखि ५०दिनसम्म | कात्तिक-मङ्सिर |
मध्य पहाड(६००- १५०० मि) | पुष | वैशाख-जेठ | मध्य साउनदेखि भदौ सुरुसम्म | सेट रोपेको ३५देखि ५० दिनसम्म |
मङ्सिर-पुष
|
त्यसैगरी, फागुनभर र चैतको सुरुसम्मका लागि प्याजको मौसमी खेती मध्येबाटै साग उत्पादन गर्न सकिन्छ भने तराई तथा भित्री मधेश क्षेत्रमा चैत अन्तिमतिरबाट मौसमी प्याजका गानोहरू अघौटे बालीका रूपमा बजार पुर्याउन सकिन्छ। यस प्रकार योजनावद्व ढङ्गले प्याज उत्पादन र बजार आपूर्ति व्यवस्था मिलाउने हो भने देशमा प्याजको आपूर्ति सहज बनाउन सकिन्छ। जसमा प्याज लामो समयसम्म भण्डारण गरेर राख्न पनि पर्दैन । यस सन्दर्भमा बीउ उत्पादन तथा व्यवस्थापनमा देखिएका समस्याहरू समाधान गर्न भने जरुरी छ।
प्रति व्यक्ति प्रति दिन करिब ५०ग्राम (१८.२ किलो प्रतिवर्ष) प्याज सेवन गर्नु पर्छ भनिएको छ। यस हिसाबले हामीलाई प्रति वर्ष करिब ५ लाख ७० हजार टन प्याजको आवश्यकता पर्दछ (नोक्सान भएर जाने परिमाण समेत जोड्दा)। आफ्नो सरदर वार्षिक उत्पादन २ लाख एकान्नब्बे हजार टन मात्र भएकाले करिब २ लाख ८० हजार टनसम्म आयात गर्नु पर्ने वा हालको हाम्रो उत्पादनलाई झण्डै दोब्बर बनाउनु पर्ने देखिन्छ ।
मुख्यतः साउन भदौमा बेर्ना सारेर खेती गरिने प्याजको उपयुक्त जात (एग्रीफाउण्डडार्करेड) एउटा मात्र हुनु र त्यसको पनि बीउ स्वदेशमा उत्पादन नहुनुका कारण छिमेकी देश भारतमा भर पर्नु परेको छ। जसले गर्दा बेमौसमी खेतीका लागि बीउ चाहिएको बेला उपलब्ध हुन सकिरहेको छैन। सेटबाट खेती गर्नका लागि नासिक ५३ र एग्रीफाउण्डडार्करेड जात प्रयोग गर्न सकिन्छ भने मुख्य मौसममा खेती गर्नका लागि रेडक्रेयोल जात बढी प्रचलनमा छ ।
यी लगायत अन्य उपयुक्त जातहरू विकास गर्ने र तिनको बीउ (सेट र बियाँ दुवै) उत्पादन गर्ने कार्य राज्यको जिम्मेवारीमा पर्नु पर्दछ। त्यसै गरी उत्पादक किसानहरूलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधाहरू तीनै तहका सरकारहरूको एकीकृत पहलबाट उपलब्ध गराउन जरुरी छ।
प्रति व्यक्ति प्रति दिन करिब ५०ग्राम (१८.२ किलो प्रतिवर्ष) प्याज सेवन गर्नु पर्छ भनिएको छ। यस हिसाबले हामीलाई प्रति वर्ष करिब ५ लाख ७० हजार टन प्याजको आवश्यकता पर्दछ (नोक्सान भएर जाने परिमाण समेत जोड्दा)। आफ्नो सरदर वार्षिक उत्पादन २ लाख एकान्नब्बे हजार टन मात्र भएकाले करिब २ लाख ८० हजार टनसम्म आयात गर्नु पर्ने वा हालको हाम्रो उत्पादनलाई झण्डै दोब्बर बनाउनु पर्ने देखिन्छ ।
यसको केही हिस्सा नोक्सान भएर जाने परिमाणलाई घटाएर पनि कुल चाहिने परिमाणलाई केही कम गर्न सकिन्छ । जुन कुरा उत्पादन गर्ने समयमा विविधिकरण र ढुवानी, भण्डारण तथा बाली उत्पादनोपरान्तका अन्य क्रियाकलापहरूमा सुधार गरेर सहजै गर्न सकिन्छ । हलाे खबर