ताजा खबर

च्याउ परिकार महोत्सवमा मसरुम सीड नेपालका यस्ता छन् आकर्षणहरु

11 months ago

74 views

च्याउ परिकार महोत्सवमा मसरुम सीड नेपालका यस्ता छन् आकर्षणहरु

च्याउ प्रवद्र्धनका लागि, च्याउ उत्पादक किसान संघ नेपाल र व्यवसायिक किट विकास केन्द्र हरिहरभवन ललितपुरको संयुक्त आयोजनामा यहि पौष १५ गते ललितपुरको जावलाखेल खेलमैदानमा हुन गइरहेको राष्ट्रिय च्याउ मेला तथा च्याउ परिकार महोत्सव २०८० मा लामो समयदेखी च्याउकै क्षेत्रमा लागिरहेको मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टरले समेत स्टल राख्ने भएको छ । सेन्टरले राख्ने स्टलमा निम्न कु्राहरु रहनेछन् ।
-विभिन्न जातका च्याउका बीउहरु प्रदर्शनीमा राखिनेछ । जस्तै कन्ये, गोब्रे, सिताके, ब्ल्याक पर्ल, लायन्स मेन, रातो च्याउ लगायतका जातको च्याउको बिउहरु समेत हुनेछन् ।
-विभिन्न जातका च्याउहरु प्रदर्शनीमा रहनेछन् । जस्तै कन्ये च्याउ, काठको धुलो र काठको मुढामा सिइताके च्याउ, लायन्समेन च्याउ, रातो च्याउ प्रदर्शनिमा रहनेछन् ।
-नेपालमै पहिलो पल्ट फलेको रैथाने टर्की टेल च्याउ विशेष आकर्षणको रुपमा रहनेछ ।
-खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभाग बाट सुचिकृत भैसकेको रातो च्याउको धुलो अर्थात Reishi Mushroom Powder रातो च्याउ र कोको मिक्स पाउडर  Ganoco र कन्ये च्याउको अचार प्रदर्शनी मा रहनेछ। मेला अवधीभर तिनैवटा प्रडक्त २०% छुटमा बिक्री बितरण गरिनेछ ।

-Reishi Mushroom Powder र Ganoco को चिया ५०% छुटमा विशेष सेवन गराइनेछ ।
-हालसम्म मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टर प्रा लि अनुसन्धान बाट प्राप्त उपलब्धिहरु प्रदर्शनिमा राखिनेछ । जस्तो जंगलबाट संकलन गरि कृत्रिम रुपमा उत्पादन गरिएका च्याउहरु, फरक जातका च्याउहरु बिच हाइब्रीड गरिएका सफल भएका च्याउ हरु विशेष आकर्षण हुनेछन् ।

 

हामीलाई यो जानकारी मसरुम सीड नेपाल एन्ड रिसर्च सेन्टरका संचालक आकाश बाडेले उपलब्ध गराएका हुन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?