ताजा खबर

एन.सी.एग्रो टेक इण्डस्ट्रिज लिमिटेडको सातौं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएकाे छ ।

4 months ago

158 views

एन.सी.एग्रो टेक इण्डस्ट्रिज लिमिटेडको सातौं वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न भएकाे छ ।

काठमाडौंमा शुक्रबार सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन,लेखा परीक्षकको प्रतिवेदनसहित वासलात,नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गरेको छ । सभामा कम्पनीको आर्थिक अवस्था, प्रगति विवरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको साथै सेयरधनीहरूको सहभागितामा विभिन्न प्रस्तावहरू पारित गरिएको जनाइएको छ ।

‎कम्पनीले राजा च्याउ,डल्ले च्याउ, औषधीय गुणयुक्त च्याउ, बाँसजन्य उत्पादन, कोइला तथा अर्गानिक मल उत्पादन गर्दै आएको छ भने हाल कम्पनीमा करिब १७० जनाभन्दा बढीलाई रोजगारी  समेत दिइएको जनाएकाे छ । सभाले आगामी वर्षमा सार्वजनिक शेयर निष्कासन,अर्गानिक मल लगायत बिभिन्न औषधीय गुणयुक्त च्याउको उत्पादन विस्तार, क्यानिङ्ग प्लान्ट जडान तथा सहायक कम्पनी एन.सी.बायो ग्रिन प्रोडक्टस् लिमिटेडलाई सञ्चालन गर्ने योजना पारित गरेको छ।

‎लिमिटेडका संस्थापक निर्देशक दिपक प्रसाद न्यौपानेले कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग प्रदान गर्ने शेयरधनीहरू, सञ्चालक समिति सदस्यहरू, कम्पनीप्रति विश्वास र भरोसा राख्ने समस्त कर्मचारी तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति कृतज्ञता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?