ताजा खबर

जाउलाखेलमा च्याउ मेला सम्पन्न – एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर आकर्षण

2 years ago

367 views

जाउलाखेलमा च्याउ मेला सम्पन्न – एनसी ब्राण्डको ‘किङ्ग ओइस्टर आकर्षण

 – ललितपुरको जावलाखेल यूथ क्लब खेल मैदानमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सव आयोजना सम्पन्न भएकाे छ। आइतबार च्याउ उत्पादक किसान संघ नेपालको आयोजनामा मेलाको उद्घाटन प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए। मेलामा च्याउसँग सम्बन्धित ३० वटा स्टल रहेकोे थियोे भने च्याउ मेला तथा परिकार महोत्सवमा आगन्तुकको आकर्षण रोजाइ औषधिको गुण रहेको एनसी एग्रोटेक इण्डस्ट्रिज प्रालिको उत्पादन राजा च्याउ अर्थात किङ्ग ओइस्टर रहेकोे थियोे । अत्याधुनिक प्रविधिको प्रयोग गरी गुणस्तरीय कच्चा पदार्थवाट उत्पादन गरिएको लामो समय सम्म भण्डारण गर्न सकिने पुर्ण रूपमा अर्गानिक यसको उपयोगले शरीरको प्रतीरक्षा प्रणालीलाई बलियो बनाउन पनि उत्तिकै मद्दत गर्दछ । एन्टी भाइरल र एन्टी माइक्रोवियल तत्व प्राप्त गर्न,मधुमेह ,मुटु तथा निश्चित ट्युमर विरामीहरुको लागी अति उत्तम हुनुका साथै यसको उपयोगले मोटोपन घटाउन पनि सहयोग गर्ने बिज्ञहरुकाे दावी छ । कम्पनीका कार्यकारी निर्देशक दिपक प्रसाद न्यौपानेका अनुसार राजा च्याउ अर्थात किङ्ग ओइस्टर मकै,चोकर,गहुँको पिठो, पिना लगायतका कच्चा पदार्थकाे प्रयोग गरी यो च्याउ तयार गरिन्छ । नेपालमा सधै ताजा च्याउ उपलब्ध होस भन्नका लागि यो च्याउ भित्र्याएका हौँ उनले भने नेपालमा बाह्रमास च्याउ उत्पादन गर्न समस्या नै छ । जसका लागि माग अनुसार पूर्ति भएको छैन । ‘आयात गरि च्याउ उपभोग गर्नुपर्ने बाध्यता छ, सो बाध्यतालाई कम गर्न र नेपालमा सधै ताजा च्याउ उपलब्ध गराउनका लागि यो च्याउ भित्र्याएका हौँ  दिपक कुमार न्यौपानेले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?