ताजा खबर

कडक नाथकाे परिचय बारे

11 months ago

517 views

कडक नाथकाे परिचय बारे

कडकनाथ कुखुराको परिचय र औषधिय महत्त्वबारे जान्नुहोस

कडकनाथ अथवा बि एम सी कुखुरा एक कालो मासु हुने कुखुराको प्रजाती हो, जसको रौ अनि छाला समेत कालो हुन्छ । कडकनाथ कुखुरालाइ स्थानीय भाषामा कालामासी, कालामास पनि भनिन्छ । किनभने यसको मासु, छाला, शरीरको रौ सबैकालो हुन्छ । भारत मध्यप्रदेश उत्पति मानिएको यो कालो कुखुरा, भारतको आदिबासी समुदायमा लोकप्रिय छ ।आदिवासी समुदायले यो प्रजातीको कुखुरालाई विभिन्न चाड्पर्ब, देबिदेउतालाई बलि चढाउन उपभोग गरिने भएकाले कालान्तरमा अत्यधिक कुखुरा मारिए र उत्पादनमा कमि आयो जसका कारण जङ्गलमा भएका पनि मासिए । त्यसकारण कडकनाथ कुखुरालाई लोपोन्मुख पनि मानिन्छ ।

याे औषधिको रुपमा पनि त्यतिकै महत्व छ ।
१ ) महिलाहरुमा देखिने बाजोपनको उपचार , मष्तिस्क सम्बन्धित  रोग , मुटु सम्बन्धित  रोग हुनेहरुको लागि यो जातको कुखुरा को मासु राम्रो हुन्छ ।
२) दिर्घकालीन रोगहरु जस्तै  arthritis, asthma, cancer, COPD, diabetes  र भाइरल रोगहरु जस्तै  hepatitis C र HIV/AIDS  का लागि यो कुखुराको मासु फाइदा जनक छ ।
३) Blood Pressure को समस्या हुने हरुका लागि पनि यस्को मासु औषधीको रुपम प्रयोग हुँदै आएको छ ।
४) यो कुखुराको मासुमा हुने पोषण तत्वहरुको कारण ,रोग प्रतिरोधकको रुपमा पनि यस्को मासु प्रयोग गर्न सकिन्छ ।
५ ) यसको अण्डामा समेत उच्च रुपमा प्रोटिनको मात्रा हुने र फ्याटको मात्रा कम हुने हुदा मानव स्वास्थ्य को लागि अति उत्तम हुन्छ । यस्को प्रयोगले  टाउको दुख्ने , रिङ्गटा लाग्ने र किड्नीको समस्यालाई समेत कम गराउछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?