ताजा खबर

कुखुराको मासुमा : खरिद सस्तो र विक्रि महङ्गो छ ।

1 year ago

70 views

कुखुराको मासुमा : खरिद सस्तो र विक्रि महङ्गो छ ।

खगेन्द्र दाहाल, नेपालगन्ज : बाँकेमा अहिले कुखुराको मासुको रेट घट्न पर्ने कुखुरा व्यवसायि स्वंयमले बताएका छन । बाँकेमा जिउदो कुखुराको मुल्य घटेको अवस्थामा मासुको मुल्य पनि घट्न पर्नेमा मासु पसलेले मुल्य नघटाउँदा उपभोक्ता मारमा परेका हुन । होलसेल व्यापारी किसानको फार्ममा नै आएर ब्रोईलर कुखुराको खरिद गर्दै लैजाने गर्छन ।

किसानले कुखुरालाई जिउँदो २ सय १० देखि २२० रूपैयाँ प्रतिकेजीमा होलसेल व्यापारी सप्लायर्सलाई बिक्री गर्दै आएका छन । मासु पसलले २२० देखि २३० सम्म जिउँदो कुखुरा पाइरहेको छ । तर, फ्रेस हाउसले भने ३८० देखि ४२० सम्म मुल्य तोकेर उपभोक्तालाई विक्रि गरिरहेका छन । कुखुरा सस्तो हुदा पनि मासुको रेट महंगो भएको नेपालगन्ज न्युरोडका विर्खमान श्रेष्ठले गुनासो गरे । भारतबाट अबैध रुपमा कुखुरा र मासु पनि उत्तिकै आइरहेको छ । भारतबाट १७० भन्दा कम प्रतिकिलोमा आइरहेको एक व्यवसायिले बताए ।

कुखुरा व्यवसायि मन्च बाँकेका सदस्य इश्वर सुवेदीले मासु पसलेले सस्तोमा कुखुरा पाउने गरेको भएपनि उपभोक्तालाई महङ्गो रेट लगाउदै आएको बताए । प्रतिकलो जिउँदो कुखुरा काट्दा केही प्रतिशत मात्रै मासु कम हुन्छ । तर, सस्तोको कुखुरा उठाएर मासु काटेर बिक्री गर्दा फ्रेस हाउसले नाफा अधिक राखेर विक्रि गरिरहेका छन । दशैं तिहारको मौका पारेर फ्रेस हाउसहरुले कुखुराको मासुमा मुल्य समायोजन गरेका छैनन् । ३५० रुपैया प्रतिकिलो भन्दा कममा मासु विक्रि गर्नपर्नेमा फ्रेस हाउसहरुले यसो गर्न चाहिरहेका छैनन् । किसान आवाज 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?