वीरगञ्ज: सशस्त्र प्रहरीले सूचनाको आधारमा घरमा लुकाएको आठ सय किलो काजु बरामद गरेको छ । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरङग टोल बस्ने मगनी राउतले भारतीय बजार रक्सौलबाट भन्सार छली उक्त काजु ल्याएका थिए ।
भन्सार अधिकृत दीपेन्द्र शर्मासहितको प्रहरी टोलीले बरामद गरेको करिब सात लाख २० हजार बराबरको काजुलाई आवश्यक कारबाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल १३ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।