गुलाबी आँखाको रोग भनेर पनि चिनिने कन्जक्टिभाइटिस नेपालभर तीव्र गतिमा फैलिरहेको छ । पछिल्ला साता सातवटै प्रदेशमा कन्जक्टिभाइटिसका बिरामी बढेका छन् । नेपालको स्वास्थ्य मन्त्रालयका अनुसार गत महिना मात्रै १० हजारभन्दा बढी आँखा फ्लुका बिरामी दर्ता भएका छन् । कृषि तथा वनको प्रत्यक्ष सम्बन्ध वातावरण संग रहेको हुँदा नेपालमा कृषि तथा वनको संरक्षण नहुँदा विभिन्न रोगहरु फैलिने विज्ञहरु बताउछन ।
लामो समय देखि विज्ञान तथा सुचना प्रविधिमा गहिरो अनुसन्धान गर्दै आएका अनुसन्धानकर्ता डा. रोशन भारतीका अनुसार नेपालमा वनको उचित संरक्षण नगर्दा लगातारको वर्षा, बाढी र उच्च आर्द्रताका कारण पानीमा प्रदुषण हुन गई कन्जक्टिभाइटिस रोग फैलिएको बताएका छन ।
वन पृथ्वीको फोक्सो हो । तिनीहरूले विश्वका धेरैजसो प्रजातिहरूलाई बासस्थान पनि प्रदान गर्छन्, हाम्रो पानी सफा गर्छन्, हाम्रो मौसमलाई मध्यम बनाउँछन्, जीविका प्रदान गर्छन्, लाखौं रोजगारीहरूलाई समर्थन गर्छन्, र ग्रह वरपरका अरबौं मानिसहरूलाई शरण र मनोरञ्जन प्रदान गर्छन् यसकारण नेपालमा सरकारले कृषी तथा वन जंगलको उचित संरक्षण गर्न विशेष ध्यान दिन जरुरी देखिन्छ ।