ताजा खबर

प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी बृहत् प्रदर्शनी नजिकिँदै

11 months ago

40 views

प्रादेशिक कृषि यन्त्र र प्रविधि सम्बन्धी बृहत् प्रदर्शनी नजिकिँदै

‘कृषिमा यान्त्रीकरणको अवलम्बन, कृषि कार्यमा परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमै पहिलो पटक प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी बृहत् प्रदर्शनी हुने भएको छ ।  पोखरा प्रदर्शनी केन्द्र, पोखरामा गण्डकी प्रदेशस्तरीय प्रदर्शनी आउँदो पुस २० देखि २२ गतेसम्म हुने भएको हो । प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ ।

राष्ट्रिय स्तरमा कृषि यन्त्र र प्रविधिसम्बन्धी एक्स्पो गर्दै आएको नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले पहिलोपटक प्रादेशिक स्तरमा पनि प्रदर्शनीको सुरुवात गरेको नामियाको अध्यक्ष कृष्ण शर्माले बताए ।

एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण यन्त्रहरू तथा सेवाहरुका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरूलाई कृषि यान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?