सुन्तला जात फलफूल भन्नाले बोक्रामा तेल भरिएको ग्रन्थीहरु भएको र फल भित्र केस्रा र केस्रा भित्र स–साना रसले भरिएको
हावापानी:-
सुन्तला फलफूललाई समष्टीगत रुपमा उपोष्ण फल भनिए पनि सुन्तलाका केही जातलाई उष्ण हावापानीमा पनि सफलताका साथ खेती गर्न सकिन्छ भने यी जातहरु १६०० मी. उचाईसम्म सजिलै खेती गर्न सकिन्छ । नेपालको मध्यवर्ती पहाडी क्षेत्रमा यस किसिमको हावापानी पाईन्छ। सुन्तला उत्पादन गर्न, विरुवा उत्पादन गर्नको लागि १००० मी. भन्दा कम हुनु हुदैन । सुन्तला उत्पादनको लागि उपयुक्त उचाई १०००–१२०० मी. मानिन्छ । सुन्तलाको लागि ५०से – ४० से सम्मको तापक्रम राम्रो मानिन्छ भने उपयुक्त तापक्रम १९ से को आसपासलाई मानिन्छ । वार्षिक वर्षाको हकमा ९५० मी.मी. –२००० मी.मी.उपयुक्त मानिन्छ । सूर्यको प्रकाश ८–११ घण्टाप्रति दिन राम्रो मानिन्छ।
माटो :-
माटोको गहिराइ १ मिटरभन्दा बढि (ढुंगा नभएको), हलुका दोमट र प्राङ्गारिक पदार्थयुक्त, पानी नजम्ने खालको माटो यस खेतीको लागि उपयुक्त मानिन्छ । माटोको रासायनिक गुण(PH) ६.५ को आसपास हुनुपर्दछ ।
बिरुवाको छनोट :-
बिरुवा कुन लगाउने हो त्यो लगाउने किसानमा भर पर्दछ । कलमी वा बिजु , ठाउँ अनुसार दुवै प्रकारको बिरुवा लगाउन सकिन्छ । बिरुवा कम्तिमा २ वर्ष पुरानो , १.५–२.५ फिट अग्लो हुनुपर्दछ । बिजु बिरुवा लगाउदा कम्तिमा १२०० मिटर उचाइमा स्थापना भएको नर्सरीबाट उत्पादित बिरुवा मात्र लगाउदा राम्रो हुन्छ ।
ठाउँको र जग्गाको छनोट :-
नेपालको मध्य पहाडीभाग (समुन्द्र सतहबाट ६००–१४०० मिटरसम्म उचाइ भएको ) उतरतर्फ फर्केको यातायातको सुबिधा भएको, बजारबाट नजिक, सिचाइको स्रोतबाट नजिक मोहडामा सफलतापूर्बक सुन्तलाको खेति गर्न सकिन्छ।
बगैचा लगाउने ठाउँको छनोट गर्दा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ :
तुलनात्मक रुपमा ताप र हावाको खतराबाट मुक्त जलवायु हुनु पर्दछ ।
पर्याप्त पानी उपलब्ध (सिंचाई सुविधा) हुनु पर्दछ ।
उर्वर माटो तथा आन्तरिक जल निकासको राम्रो ब्यवस्था हुनु पर्दछ ।
उपयुक्त जलवायु एवं माटोको आवश्यकतालाई ख्याल गर्नु पर्दछ ।
यस बाहेक
चयन गरिएका सुन्तलाको जातको अनुकूलता,
सस्तो मजदूरको उपलब्धता,
बजारसंगको निकटता,
ढुवानीको लागि सडकको निकटता आदि कुराहरुमा पनि विचार पुर्याउनु पर्दछ ।
बगैचाको रेखाङ्कन :-
बगैचा रेखांकन भनेको बिरुवा रोप्ने पद्दति वा तरिका हो । बगैचा लामो अबधि सम्म रहिरहने भएकाले लगाउदा बैज्ञानिक तरिकाले रेखांकन गरि लगाउनु पर्दछ । बिरुवा लगाउदा बैज्ञानिक तरिका भनेको हेर्दा आकर्षित , सबै बिरुवालाई ठिक ठिक मात्रामा आवश्यक दुरी पुग्ने , घाम पर्ने, काँटछाँट गर्ने , गोडमेल गर्ने, मलजल गर्ने , खान जोत गर्न बिषादी छर्न , अन्तरवाली लिन ,हिड्डुल गर्न चाहिने ठिक बाटो सहित व्यवस्था गरि बिरुवा लगाउने तरिका नै बैज्ञानिक रेखांकन तरिका हो ।
बगैंचाको रेखाङ्कन निम्न तरिकाले गर्न सकिन्छ:-
वर्गाकर – समथर ठाउमा यसको प्रयोग गरिन्छ । यसमा बिरुवा देखि बिरुवाको दुरी बराबर हुन्छ ।
आयतकार तरिका – यो पनि समथर जमिनमा रेखांकन गर्ने तरिका हो । यस तरिकबाट बिरुवा लगाउदा बिरुवा देखि अर्को बिरुवाको दुरी एकतर्फ कमि र अर्को तर्फ बढी हुन्छ ।
त्रिभुज आकार – भिरालो जमिनमा यस तरिकाबाट बिरुवा लगाइन्छ । यस तरिकाबाट बिरुवा लगाउदा अरुभन्दा १५ प्रतिशत बढी बिरुवा अट्छ ।
कन्टर तरिका – धेरै कान्ला भएको भिरालो ठाउमा त्रिभुजाकर तरिकाले पनि रेखांकन गर्न सजिलो नभएमा यस तरिकाबाट रेखांकन गरि बिरुवा लगाइन्छ । यसरी रेखांकन गर्दा माथि बाट तल हेर्दा एक लाइन देखि अर्को लाईनको दुरी बराबर भएता पनि माथि र तल एक बोट देखि अर्को बोटको दुरी बराबर हुदैन । एक गह्रामा बिरुवा बराबर दुरीमा हुन्छन। तर एक गह्रा देखि अर्को गह्राको दुरी बराबर नहुन पनि सक्छ र सोहि करंद बिरुवाको दुरी मिल्दैन ।
जग्गाको तयारी:-
खेती गरी राखेको बारीमा जग्गाको तयारी वा सुधारको जरुरत पर्दैन । बारीमा रहेका सबै वुट्यान,झाडी, मुढाहरु भए सफा गरेर जलाउनु पर्दछ । ठूला चट्टानहरुलाई हटाई सफा गर्नु पर्दछ । खेती नगरीएको भिरालो जमीनमा बगैंचा स्थापना गर्नु पर्दा गह्रा गह्रा बनाउनु पर्दछ । सिंचाई र निकासको लागि सुहाउँदो कुलो वा कुलेसो बनाउनु पर्दछ । बगैंचाको सुरक्षाको लागि समुचित रुपले बार बन्देज लगाउन पर्दछ । यसको लागि सुविधा अनुसार काँडेतार, ढुङ्गा(इट्टाको पर्खाल,जिउँदो झाडीदार, विरुवा निलकाँडा आदि) लगाउनु पर्दछ । तेजलो हावा चल्ने ठाउँ भए छिटो बढ्ने खालका वायु अवरोधक रुख विरुवा लगाउनु पर्दछ ।
खाडलको तयारी :-
विरुवा रोप्ने दुरी :-
विरुवा रोप्ने दुरी बिरुवा लगाउने ठाउँको माटो , बिरुवाको किसिम ,जलबायु, जातीय गुण , रेखाङ्कन गरिएको तरिका आदिमा भर पर्दछ । सुन्तला प्राय ५–७ मिटरको दुरीमा लगाइन्छ ।
विरुवा रोप्ने समय :-
सिंचाई सुबिधा भएको ठाउमा बैशाख देखि श्रावण सम्म रोप्न सकिन्छ ।
विरुवा रोप्ने तरिका :-
बिरुवा रोप्दा खाडल खनेको ठाउको बीच भागमा पर्ने गरि प्याकिङ गरेको बस्तु हटाएर तर बिरुवाको माटो नझारिकन, सिधा पारेर , कलमी गरेको भागलाई माटोले नपुरिने गरि बिरुवा लगाउनु पर्दछ । लगाईसकेपछि वरिपरि माटोलाई हल्का थिच्नु पर्छ र फेद वरिपरि झारपात आउनबाट जोगाउन , चिसोपना कायम राख्न मल्चिङ गर्नु पर्ने हुन्छ ।
बगैचा ब्यबस्थापन :-
बिरुवा रोपेर मात्र हुँदैन , यसबाट राम्रो फल उत्पादन गर्न बगैचाको राम्रो संग हेरचाह गर्नु पर्दछ। बगैचाबाट छिटो र बढि फाइदा लिनको लागि छिटो हुर्काउनु जरुरी छ। यसको लागि गोडमेल र मलजल, बिरुवाको तालिम तथा काटछाँट , सिंचाई तथा जल , बाली संरक्षण आदिमा राम्रो ध्यान दिनु पर्दछ ।
खनजोत
सून्तला बगैंचामा जोत्दा वा खन्दा जरामा चोटपटक लाग्दछ साथै मकै र कोदो अन्तरबालीको रुपमा लगाउदा जोत्ने वा खन्ने क्रममा जरामा घाउ भई त्यसबाट रोगका जिवाणुहरु प्रवेश गरि बिस्तारै बोटमा पात पहेंलो हूने लक्षण देखापर्दछ । त्यसैले खनजोत गर्दा खेरि सून्तलाबोट वरिपरि हांगाले ढाकेको क्षेत्र भन्दा बाहिर मात्र खनजोत गर्नू पर्दछ।
छाप्रो
सुन्तलामा उत्पादनमा चिस्यानको ठूलो भूमिका हुन्छ र चिस्यान कायाम राख्न एवं झारपात नियन्त्रण गर्न सुन्तला लाई छापो दिन अनिवार्य छ । बिरुवा रोपेपछि सुकेको घाँस, पराल वा कालो प्लास्टिकको छापो दिन सकिन्छ । छाप्रो दिदा बिरुवाको फेदलाई सिधै नछुने गरी वरीपरी लगभग २–३ इन्च बाक्लो दिनुपर्छ ।
सिंचाई र निकास
बिरुवा रोपेपछि हल्का सिंचाइ गर्नुपर्छ । बिरुवा नसरुन्जेल आबश्यकता अनुसार सिंचाइ गर्नुपर्छ । बिरुवा हुर्केपछि पनि हल्का चिस्यान कायम राखेमा राम्रो उत्पादन लिन सकिन्छ ।
सिंचाईको समय र पटक
यदि सिंचाईको ब्यवस्था छ भने तल उल्लेख भए बमोजिम सिंचाई गर्नु पर्दछ ।
सामान्यतया माथि उल्लेख भए बमोजिम सिंचाई गर्ने भनिएता पनि सिंचाई गर्ने कार्य माटोको अवस्था, वर्षा, हावाको गति, तापक्रम, बोटको उमेर, मौसम आदिमा निर्भर गर्दछ ।
मलखाद ब्यबस्थापन
सुन्तला वर्गका फलफूलहरु मध्ये विशेष गरेर सुन्तलालाई बढि तत्वहरुको आवश्यकता पर्दछ ।यदि माटोमा पोषकतत्वहरुको पूनः आपूर्ति गरिएन भने, रुखहरु धेरै समयसम्म राम्रो अवस्थामा कायम रहन सक्दैनन् । छिट्टै रुखको स्वास्थ्य बिग्रन्छ, उत्पादन घटेर करीब शुन्य हुन्छ र छिट्टै तत्वहरुको कमीको लक्षण देखा पर्न सक्छ । माटोमा वाली लिंदा प्राङ्गारिक मलले सुन्तला जाति फलफूलको उत्पादन बढाउँछ तर त्यसमा पुग्ने (प्रयाप्त) मात्रामा खनिज तत्वहरु हुँदैन । सुख्खा क्षेत्रको माटोमा फसफोरस, पोटासियम, चुन, म्याग्नेसियम र सोडियम बढ्ता हुन्छन् । आध्र क्षेत्रमा नाइट्रोजन, फसफोरस, पोटास र म्याग्नेसियमको प्रयोगमा जोड दिनु पर्दछ किनभने माटोमा यी तत्वहरुको कमी हुन्छ । यसकारण पोषकतत्वहरुको चाहिने मात्रामा आवश्यक परेको समयमा दिनुपर्दछ ।
रोगहरु
जरा कुहिने रोग
यो रोग फाइटोफ्थोरा नामक ढुसीबाट लाग्ने बीजु सुन्तला बोटको एकदमै हानिकारक रोग हो । यो ढुसीले जरामा आक्रमण गरेमा मसिना जराहरु कुहिनाले पातहरु ओइलाएर मर्दछन् र अन्तमा पुरै बोट पहेंलो हूंदै पछि मर्दछ ।
नियन्त्रण
सुन्तलाको फेद कुहिने रोग
यो रोग फाइटोफ्थोरा नामक ढुसीको कारणले लाग्दछ । खास गरी १०० मीट र भन्दा कम उंचाईमा भएका बगैंचाहरुमा यो समस्या बढी देखिन्छ । शूरु शूरुमा यो रोग लागेमा सून्तला बोटको फेद वरिपरिका बोक्रा चर्किन्छन् र खैरो भई कूहिन्छन् साथै बोक्रा खूइलिएर फेदको भित्री भाग देखा पर्दछ । बिस्तारै पातहरु पहेंलिएर झर्न थाल्दछन् । हांगाहरु सूक्दै जान्छन् । यो रोग खासगरि बर्षा याममा देखा पर्दछ । फुटेको बोक्राबाट गूंद ररस निस्कन्छ । रोग माथितिर बढदै गई अन्तमा पुरै बोट मरेर जान्छ ।
नियन्त्रण
सुन्तलाको खराने धुलेर ढुसी रोग
यो रोग सुन्तलाको नयां पालुवामा बढि देखा पर्दछ । शुरुमा रोग लागेका पात र डांठको सतहमा सेतो खरानी छरे जस्तो देखिन्छ, पछि उक्त रंग कालो हून्छ र पातहरु झर्दछन् । यो रोग उत्तरी मोहडा भएका सेपिला ठाउमा बढि लाग्दछ । यसको प्रकोप असार देखि भाद्र महिनामा बढि देखिन्छ ।
नियन्त्रण