ताजा खबर

दसैँतिहारमा ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना

2 years ago

289 views

काठमाडौँ, मङ्सिर १६ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँतिहारमा उपत्यकावासीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि लिलामीको सूचना सार्वजनिक गरेको छ। खाद्य कम्पनीले दसैँतिहारमा बिक्रीका लागि ल्याइएका च्याङ्ग्रा नबिकेपछि शुक्रबार लिलामी बिक्री खुला गरेको हो।

उपभोक्तालाई सहुलियत दरमा बिक्री वितरण गर्न भनेर सरकारी स्वामित्वको खाद्य कम्पनीले दुई हजार खसीबोका र च्याङ्ग्रा किनेको थियो। खसीबोका बिक्री भए पनि च्याङ्ग्रा नबिकेपछि एकमुष्ट लिलामीको सूचना सार्वजनिक गरेको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?