ताजा खबर

हरियो तरकारी तथा फलफुलको आजकाे मूल्य यस्तो रहेको छ मेराे कृषि संवाददाता

11 months ago

98 views

हरियो तरकारी तथा फलफुलको आजकाे मूल्य यस्तो रहेको छ मेराे कृषि संवाददाता

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैपाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ भने अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, लोकल सानो गोलभेडा १० रुपैयाँ, अदुवा १४० रुपैयाँ, रातो आलु ३४ रुपैया, रातो भारतिय आलु ३० रुपैयाँ रहेको छ भने स्थानीय काउली १५ रुपैयाँ, कागती १२० रुपैयाँ, सुकेको खुर्सानी ४८० रुपैयाँ, हरियो खुर्सानी ८० रुपैयाँ, अकबरे हरियो खुर्सानी ४०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

यसैगरी, शुक्रबार लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ४० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँ रहेको छ भने लोकल घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ र हरियो फर्सी लाम्चो २० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपयाँमा खरिदबिक्री भइरहेको छ । 

यता, तोरीको साग ४० रुपैयाँ र रायो साग ३० रुपैयाँ छ भने चमसूर, पालूगो  मेथी, सौफको साग ९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

 तरार्इ परवर ८० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, भारतीय सुकेको प्याज ८५ रुपैयाँ, चाइनिज प्याज ६० रुपैयाँ, हरियो प्याज ९० रुपैयाँ, पुदीना २२० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ४० रुपैयाँ, चाइनिज सुकेको लसुन २५० रुपैयाँ छ भने हरियो लसुन १२० र नेपाली सुकेको लसुन २६० रुपैयाँ पर्दछ ।

डल्ले भान्टा ४० रुपैयाँ र हरियो धनिया १०० रुपैयाँ पाइने समितले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने रहु माछा ३६० रुपैयाँ र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?