ताजा खबर

नेपालमा कृषि आन्दोलन गर्ने ( कृषि क्रान्ति )

1 year ago

63 views

नेपालमा कृषि आन्दोलन गर्ने ( कृषि क्रान्ति )

काठमाडौं : किसानको हक हितका लागि किसानसँग सम्बन्धीत सबै संघ संस्थाहरु एक भएर नेपालमा कृषि आन्दोलन गर्ने  प्रतिवद्धता जनाएका छन् । किसान संगठनका सवै दलका प्रतिनिधि र राष्ट्रिय कृषक समुह महासंघका पदाधिकारीहरुले सरकारबाट पछिल्लो समय किसानलाई उपेक्षा गरिएकाले एक भएर आन्दोलन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

नेपाल राष्ट्रिय कृषक समुह महासंघ नेपालको १३ औं स्थापना दिवसको अवसरमा आज भक्तपुरको नगरकोटमा गरिएको वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बक्ताहरुले अब कृषिका लागि क्रान्तिको आवस्यकता रहेको बताएका हुन् । सामुदायिक वनलाई अव कृषि र उत्पादनसँग जोडेर समुदायलाई समृद्धी तर्फ लैजाने कामलाई अभियानको रुपमा अघि बढाउनको लागि आफुहरुले दिवसलाई वन भित्र फलफुलका विरुवा रोपेर मनाएको राष्ट्रिय कृषक समुह महासंघका अध्यक्ष नवराज बस्नेतले बताउनु भयो । जैविक विविधताको संरक्षण, कृषि वनको प्रवद्र्धन भन्ने नाराका साथ महासंघ अघि बढेकाले अहिले २ सय वटा कागति र अम्बाको विरुवा भक्तपुरको गंगादेवी सामुदायिक वनमा रोपेर अभियानको सुरुवात गरिएको महासंघका उपाध्यक्ष पञ्चकाजी श्रेष्ठले जानकारी दिनुभयो । देशैभरि प्रायः भैरहने वृक्षारोपणमा फलफूलको विरुवा रोप्न थालियो भने देशलाई फलफुलमा आत्मनिर्भर बनाउन सक्ने र समुदायलाई पनि समृद्धि तर्फ डोराउन सकिने खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले बताउनु भयो ।

वन भित्र कृषिलाई घुसार्ने काम गरेर कृषक समुह महासंघले सामुदायिक वन उपभोक्तासँग सहकार्यको थालनि गरेकोमा खुसि व्यक्त गर्दै अव वनबाट समुदायले लाभ लिने समय छिट्टै आउने घोषणा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारीले गर्नुभयो । कार्यक्रममा कृषक समुह महासंघका अध्यक्ष बस्नेतले १३ वर्षमा संस्थाले गरेका महत्वपूर्ण उपलब्धीहरुलाई प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चागुनारायण नगरपालिका वडा नं ६ का वडा अध्यक्ष लगायत स्थानीय जनप्रतिनिधिहरुको पनि सहभागिता र सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?