ताजा खबर

नर्सरी व्यबसायी संघ नेपालले अब पायो आधिकारिकता

1 year ago

35 views

पुष्प व्यबसायीहरुको आन्तरिक विवादले दुई चिरा परेको फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानबाट बाहिरिएको असन्तुष्ट समुहहरुले हालै गठन गरेको नर्सरी व्यबसायी संघले आजबाट आधिकारिकता पाएको छ ।

पुष्प व्यबसायिहरुको आन्तरिक बिबाद,फ्यान भित्रको १८ महिने काण्ड र सङ गठन बारे हाम्रो किसान टिभीले समाचार सार्वजनिक गरेको थियो । रामजी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा गठन भएको नयाँ सङको दर्ता प्रक्रिया रोक्न फ्यानका अध्यक्ष मीन बहादुर तामाङले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी सहित प्राय हर सम्भव प्रयास गरेपनी अन्ततः मिति २०८० कार्तिक २० गते आइतबार नर्सरी व्यबसायी सङ्ले प्रमाणपत्र सहित आधिकारिकता पाएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले का.म .न.पा १० मा कार्यालय रहने गरि नर्सरी व्यबसायी संघ नेपाललाई सन्था दर्ता ऎन २०३४ को दफा ४ बमोजिम १०८ नम्बरमा दर्ता गरेको छ । नव गठित नर्सरी व्यबसायी संघ नेपाल (नान ) को वरिष्ठ उपाध्यक्षमा रामजी कुँवर, उपाध्यक्ष रबिन कुमार गौतम, महासचिव बिनोद घिमिरे, सचिब प्रबिन्द्र महर्जन र काेषाध्यक्ष लक्ष्मी महर्जन रहेका छ्न भने सदस्यहरुमा क्रमशः रमेशमान महर्जन, श्याम सुन्दर प्रजापति, बिराज खड्का, रामकुमार कार्की , प्रकाश बस्नेत , प्रेमबहादुर दोङ,र सरोज श्रेष्ठ रहेका छ्न भने फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानका पुर्ब अध्यक्ष कुमार कसजु श्रेष्ठ संघको सल्लाहकारमा रहेका छन् ।

अन्य सल्लाहकारमा रोशन श्रेष्ठ र सितादेबी श्रेष्ठ रहेका छ्न । फ्यानका पुर्ब अध्यक्ष कुमार कसजु श्रेष्ठलाई जग्गा खरिदमा हिनामिना गरेको आरोपमा एकतर्फी रुपमा कारबाही गरेपछि नयाँ नर्सरी व्यबसायी संघ उदय भएको छ भने फ्यान भित्रै बरिष्ठ उपाध्यक्ष शिव खड्का र महासचिव बिश्वमणि पोख्रेलले राजिनामा दिएर बसेको अवस्था छ । पुर्ब अध्यक्ष कुमार कसजु श्रेष्ठ र बर्तमान अध्यक्ष मीन बहादुर तामाङबिचको व्यक्तिगत मनमुटाव र टकराबले फ्यान आज यो अवस्थामा आएको केही पुष्प व्यावसायीको आँकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?