काठमाडौंको भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो २०८० भैरहेको छ । तिहार आउन करीब दुई साता बाँकी रहँदा भृकुटीमण्डपमा फूलको उत्सव चलिरहेको छ । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८० मा अवलोकनकर्ताको भीड लागिरहेको छ । अवलोककर्ताले विभिन्न प्रकारका फुलहरु त्था विरुवाहरु हेरीरहेका छन्, अनि किनि पनि रहेका छन्, स्टल राख्ने व्यवसायीहरु अवलोकनकर्तालाई आफ्नजा स्टलमा राखिएका विरुवाहरु तथा विभिन्न वस्तुहरु देखाउन र परामर्श दिनमै व्यस्त देखिन्छन् । मेला चलिरहदाँ अवलोकन कर्ताहरु अवलोकन गर्न मेलामा आइरहेका छन् । तिहार फ्लोरा एक्स्पो २०८० को तेश्रो दिन आज अवलोकनकर्ता आइरहेका छन्, नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष रामजी प्रसाद तिमिल्सिना अवलोकनकर्ताको उपस्थिती राम्रै भएको र स्टल राख्ने व्यवसायीहरु समेत सन्तुष्ट रहेको जानकारी गराए ।
काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा हुने ५ दिनको लागि चलिरहेको तिहार फ्लोरा एक्स्पो २०८० मा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको पाइएको छ । मेलामा विभिन्न प्रजातीका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल विरुवाहरूलगायत कृषि तथा वन, जडिबट्टी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विविध प्रजातीका बोटविरुवाहरू प्रदर्शनी तथा बिक्री वितरणको लागि समेत राखिएको छ । मेलामा ६० वटा व्यवसायिक स्टल रहेका छन्, जसमा नर्सरीका फुल तथा बिरुवाहरु, मलखाद, अगानिक एवं रसायनिक बिषादी, बिउ विजन, औजार उपकरण तथा प्रविधिहरूको समेत स्टल देख्न सकिन्छ । साथै सानीमा बैँकको समेत स्टल रहेको छ, अझै आकर्षक पक्ष त के छ भने नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापनका लागि परामर्श केन्द्र समेत राखिएको छ । १८ गते सम्म चल्ने यो मेलामा आयोजकले सम्पुर्णलाई निमन्त्रणा समेत गरेको छ ।
नर्सरी व्यवसाय संघ, नेपालले पुष्प नर्सरी, कृषि तथा वन नर्सरी, फलफूल नर्सरी र जडिबुटी नर्सरीका विषय क्षेत्रहरूलाई समेटी व्यवसायीहरूलाई सङ्गठिन गर्ने उद्देश्य लिएर संघ दर्ता गरीएको जानकारी दिएको छ । हालसम्म समग्र नर्सरी क्षेत्रको राष्ट्रिय रूपमा सङ्गठित संस्था नभएको तथा नर्सरी व्यवसायीहरूको हक, हित तथा अधिकारको सुनिश्चितताका साथै व्यवसायिक लगानी, सिप, क्षमताको विकास र विस्तार एवं प्रबर्द्धन गर्न सङ्गठित गर्ने छाता सङ्गठनको नभएको समग्र नर्सरी व्यवसायको विकास र विस्तार गरी स्वच्छ वातावरण सहित आय रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले नर्सरी व्यवसायी संघ, नेपालको स्थापना संघले जनाएको छ । स्राेत एग्राेटाइम्स