काठमाण्डाै। सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि गहुँको न्यूनतम मूल्य ताेकेकाे छ ।
आज बिहीवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयाँ ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी गराएकी छन् ।
यसैगरी बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमतर्फ रिक्त सदस्य सचिव पदमा महेश भट्टराईलाई तोकेको छ ।